दोलखाली समाजको अधिबेशन हुदै
जुलाई ३१ तारिख आइतबार दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन हुने भएको छ ।
दोलखा जिल्लाबाट रोजगार र अध्ययनको सिलसिलामा दक्षिण कोरिया आएका दोलखालीलाई संगठित गराउने उदेश्यका साथ एक बर्ष अघि समाजको गठन भएको हो । समाजमा अहिले झन्डै दुईसय दोलखालीहरु सदस्यका रुपमा रहेका छन् ।
समाजले दोलखाको बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको समाजका उपाध्यक्ष रामजी श्रेष्ठ बताउछन । ‘हामीले समाजको स्थापनासँगै विभिन्न कार्यक्रमहरु गरेर आर्थिक संकलन ग¥यौ । त्यसरी जम्मा भएको पैसाहरु मध्ये केही आर्थिक अबस्था कमजोर भएका बिरामीको उपचारको लागि खर्च ग¥यौ भने केही जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिएका छौ ।’
अधिबेशनमा सबै दोलखालीहरुलाई सहभागी हुन दोलखाली समाज दक्षिण कोरियाले अनुरोध गरेको छ । कार्यक्रम दिउँसो ११ बजे दोङदेमुनस्थित नेपाल हाउसमा हुनेछ ।