जनजाति नेता आइ०काजी शेर्पाले संघीय समाजवादी फोरमबाट राजीनामा दिए
फोनिज कोरिया संवाददाता
काठमाण्डौ
आदिवासी जनजाति नेता आइ०काजी शेर्पाले संघिय समाजवादी फोरम नेपाल पार्टीबाट आज राजीनामा दिएका छन् । शेर्पाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको विज्ञप्ती जारी गरी जनाएका छन् ।
उनले पार्टीले परिभाषित गरेको भन्दा ब्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएको भन्दै असन्तुष्टी पोखेका छन् । पार्टीबाट राजीनामा दिए पनि आदिवासी जनजाति , मधेसी , थारु, महिला लगायत वर्गिय उत्पीडनमा परेकाहरुको मुक्तीको लागि आफू सदैव लडी रहने प्रतिबद्धता पनि विज्ञप्तीमा जनाएका छन् ।