पूर्व राज्यमन्त्री तथा जनजाति अभियन्ता लिम्बुको दुर्घटनामा निधन


 

फोनिज कोरिया संवादाता
काठमाण्डौ

पूर्व अर्थ राज्य मन्त्री तथा आदिवासी जनजाति नेता हरिराज खेवा लिम्बुको जुलाई २८ तारिख बस दुर्घटनामा परी निधन भएको छ । उनको धनकुटा जिल्लाबाट धरान तर्फ आउदै गरेको बस धनकुटाको सिदुवा बजार नजिकै दुर्घटना हुदाँ निधन भएको हो । उनी संगै बस चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएका छन्

लिम्बू धर्म, भाषा, साहित्य र संस्कृतीका ज्ञाता मानिने लिम्बुको निधनले आदिवासी जनजाति क्षेत्रमा निकै क्षति पुगेको भन्दै यस समुदायले दुख व्यक्त गरेका छन् । साथै धनकुटा समाज कोरिया शाखाले पनि शोक व्यक्त गरेका छन् ।

धनकुटा हात्तिखर्क ६ मा जन्मीएका लिम्बु २०४२ सालदेखि दिद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य भएर राजनीति शुरु गरेका थिए । ४८ वर्षको उमेर निधन भएका लिम्बु २०४७ देखि २०५४ सालसम्म शिक्षक रहेका थिए । त्यसपछि उनी गाविस अध्यक्ष बनेका थिए ।

धनकुटा क्षेत्र न. २ बाट पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पार्टीबाट १२ हजार २ सय ९९ मत प्राप्त गरी विजयी भएका थिए । । २०६८ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उनी पूर्व अर्थ राज्यमन्त्री बनेका थिए । धनकुटा माओवादी जिल्ला इन्चार्ज र संयोजक समाल्दै आएका मृतक लिम्बु लिम्बु पार्टी एकता भेलाको तयारीको लागि गाउँ गएका थिए । उनका श्रीमति तथा ७ र ११ वर्षका छोरीहरु छन् ।

गुडिरहेको बसको अचानक ब्रेक फेल भएपछि ३ सय मिटर जति गुडेर बस बाटोबाट दुई सय मिटर तल खसेको थियो । बसको छाना नै उडेका थिए । घाइतेहरुलाई नजिकैको अस्पताल पुराएका थिए भने कसैको अस्पताल पुग्न साथ निधन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...