समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
सोल-यो धरतीमा जन्मिंदा म स्वतन्त्र भएर जन्मिए । जब म ताते गर्न हिडडुल गर्न थाले । स्कुल पढन गएसंगैं अनुशासनको पाठ सिक्दैं गुरुले दिएको गृहकार्य गर्नु,गलत र सही छुट्याएर अघि बढनु परेपछि मेरो स्वतन्त्रता बिस्तारैं लुटिन थाल्यो ।
मेरो सानो दिमागमा राजनीतिको पाठहरु घोकाउन थालीसकेको थियो।मेरो उचाई र उमेर बढेसंगैं चारैंतीरबाट बाधिंन थालीसकेको थिए ।म के बुझथें र राजनीतिको अर्थ र परिभाषा । कुन पाटी कस्तो हो ?राम्रो नराम्रो के को आधारमा छुट्याउने रुमनमा अनेकौं प्रश्न खडा हुन्थे ।
हिजो म स्वतन्त्र थिए त्यसैले सबैको प्यारो पनि ,परिवारको सदस्यहरु जुन पार्टीमा आस्था राख्दथे, भनौ वा आफ्नो आफन्त, साथीभाईको करकापमा भनौ उनीहरुले जे सिन्द्धांत अपनाए त्यहि अपनाउन कोहि बाध्य भए कोहि रहरले लागे ।कोहि आश्वाशनमा केहि काम बन्छ भनेर कोहि नेता बनेर ठुलो बन्ने रहर आदि इत्यादि ।त्यसैले पनि हिजो म स्वतन्त्र रहंदा पनि जुन पार्टीको आस्था भएको मान्छे संग हिडे त्यसैको रंग छ्याप्न आतुर देखिन्थे ।जुन राजनीतिक दलका साथीहरुसंग नजिक भएर हिड्यो त्यही दलको कार्यकर्ताको रुपमा मलाई लिन्थे ।
सबैलाई आदर सत्कार र मान मर्यादा अनि सामाजिक परोपकारी कार्यमा पनि भित्रि मन देखि सक्रिय भएर लागेर पनि होला सबै पार्टीका अगुवाहरु यिनी त हाम्रै पार्टीमा आस्था राख्ने व्यक्ति हुन् भन्न पनि बाँकी राखेनन् ।तर आफु स्वतन्त हुदै रमाउने हुँदा एक सचेत स्वतन्त्र नागरिक भए मात्र सहि व्यक्त्ति चुन्न सकिन्छ भन्ने मान्यता राख्दथे ।ताकी कुनै पार्टी दलमा आबद्द र आस्था राखे भने त म आँखा चिम्लेर पार्टीले टिकट दिएको राम्रो नराम्रो नेता जो सुकैंलाई समर्थन गर्नुपर्ने हुन्छ ।
सेतोलाई कालो भन्दा भनि त्यो झुटो आस्थाको परिधि र नियममा बाँधिएको हुँदा पालना गर्न बाध्य हुन्छ।मेरो स्वबिबेक र बिचारको अनि समयको माग पुरा गर्न सक्ने योग्य व्यक्ति मैले अवश्य चुन्न पाउने छैन ।यस्तै कुराहरु र यस्तै बिचारहरु मन्थन भैरहन्थ्यो ।तर आफु संगैका साथीभाईहरु बुझ्दै नबुझी आफ्नो पारिवारिक संस्कारको रुपमा राजनीतिमा होमिंन्थे ।
राजनीति बुझ्न सबैंले अत्यन्त जरुरी छ तर गर्न आवश्यक छैन ।हरेक क्षेत्रमा राजनीति हाबी हुनु , र राजनीतिक बैइमानी जस्ता गलत प्रवृत्तिले देश बिकाशको गतिमा अगाडी बढ्नु त कुरै छोडौ सुरुवात नै हुन सकेको छैन । देशको विकासमा राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्था कायम हुनुपर्छ ।
अहिले त झन् देशमा मात्र सिमित नरहेर राजनीतिक भातृ संगठन बिश्वभरि फैलिसकेको छ वा फ़ैलाइसकिएको छ ।प्रवाशमा रहेर पनि राजनीतिक भातृ संगठनले सामाजिक परोपकारी कार्यमा जुटेर गरेका सामाजिक रचनात्मक कार्यहरु सकारात्मक पाटो हो जुन सराहनिय छन् ।
जसको प्रशंसा र कदर गर्नुपर्छ भने अर्को पाटो हरेक सामाजिक संघ संस्थामा पनि राजनीतिक गुटबन्दी आदि हाबी हुँदा र सामाजिक संस्थाको महत्व र उदेश्यको धज्जी उडाउदा भने दुख लाग्छ । केवल आषण भाषण र पद खोज्ने अनि ठुटे नेता बनेर भविष्यमा ठुलै नेता बन्ने मौका हातपार्ने दाउमा राजनीतिक पार्टी ,भात्री संगठनको त कुरै छोडौ यहां सामाजिक संघ संस्था, शैक्षिक संघसंस्था, संस्थान, सरकारी कार्यालय, हस्पिटल, उद्योग कलकारखाना, कानुनि क्षेत्र, पत्रकारीता आदि जुनसुकै क्षेत्रमा किन नहोस् जहाँ सुकै, जुन सुकै ठाउँमा युनियनको आवरणमा राजनीति ब्याप्त छ। जहाँ पनि बिभेद, अनमेल र पदको लुछाचुडी गरेर हिड्नेको ठुलै जमात् देखिन्छ ।
यसले सहि सामाजिक काम गर्ने र स्वतन्त्र रुपमा साझा जनहितमा कार्य गर्नेलाई पनि नकारात्मक प्रभाव पारेको छ ।हरेकले आ आफनै स्वतन्त्रता र बिबेक प्रयोग गर्न पाउनु त अधिकारको कुरा हो ।तर सामाजिक कार्यमा सबैको सकारात्मक सोच र सहमति हुन आवश्यक छ ।जब हामी नेपाली एक अर्कामा लड्छौ,हामीमा विभेद र अनमेल रहिरहन्छ तब सम्म न समाज बन्छ न राष्ट्र नै ,यसको परिणाम दुख, कष्ट र समस्या त हामीले भोग्छौ नै अर्को हाम्रो देशमाथि बाहिरी शक्तिले पेल्ने र प्रहार गर्ने झन् ठुलो अवसर पाउँछ । जो आज हामीले प्रष्टरुपमा देखिरहेका छौं ।हामि नेपाली जुटेर मात्र बिजय हासिल गरेको आफ्नो सवाभिमान जोगाएको इतिहास साक्षी छ ।
जनता सार्वभौमसता सम्पन्न राष्ट्रको सबैभन्दा शक्तिशाली, राष्ट्रको मालिक, जनार्दन आदि उपमा दिएर जनतालाई नै राजनीति बन्दी बनाएर दास बनाईरहेका छन् ।जनताकै नाम बेचेर, जनताकै मिहेनत र पसिनामा आज एक आपसमा मिलेर दाइँ गरेर राष्ट्रको ढुकुटी लुटिरहेका छन् ।
आजसम्म जुन आन्दोलन ,ब्यबस्था रपरिवर्तन भए केवल यी राजनीतिक दलले मात्र चाहेर कहिले भएन, जब जनताले साथ र सहयोग गरे तब मात्र सबै सफल र साकार भए । तर जुन ब्यबस्था जनताको शक्ति, साथ, सहयोग र समर्थनले ल्याइयो त्यसैको सहि अनुभूति जनताले गर्न पाउदैन र पाएको पनि छैंन् ।
पद , पावर र पैसाको निम्ति राजनीतिकर्मिको घिनलाग्दो लुच्छाचुडी सतालिप्सा प्रवृति, कार्यकर्ताको पनि उस्तै चाप्लुसी पिछ्लगु हनुमाने प्रबृति ,दल र ब्यक्तिगत स्वार्थ,आरोप ( प्रत्यारोप, अनमेल आदि खराब राजनीतिले ले गर्दा आज देशको राजनीति र राजनीति गर्ने पात्रहरु निन्दनीय भएका छन् ।
कतिपय भारतिय दलाल नेताहरुहरु बिभिन्न बितण्डता मचाएर नाजाएज अनावश्यक माग राखेर जनताको आँखामा छारो हालेर भ्रमको खेति गर्दै राजनीति अस्थिरता मच्चाएर फाइदा र स्वार्थ लुटिरहेका छन् ।भनाइ नै छ “भाईफुटे गवार लुटे” झन् हाम्रो छिमेकी राष्ट्रले हाम्रो नेपालको बिकास र उन्नति रतिभर चाहदैन ।जसरि हुन्छ बन्न दिदैन र बनाउनै दिदैन ।महाभूकम्पको चपेटामा परेको नेपालीहरु माथि भारतले गरेको अमानबिय नाकाबन्दी र नाङ्गो हस्तक्षेप नै पछिल्लो प्रस्ट उदाहरण र प्रमाण हो ।
त्यसैले हामी नेपाली एकजुट हुनुको बिकल्प छैन ।हामि आफैमा आत्मार्भर रहन र देशमा सुख शान्ति , अमनचैन, सुशासन र बिकासको मूल फ़ुटाउन हामि एकजुट र एकमन भएर राष्ट्रप्रेम उजागार पारेर राष्ट्र निर्माणमा समर्पित हुनु आवश्यक छ ।
सबैले आ आफ्नो इमान्दारिता र कर्तब्य सहि रुपमा पालना गर्नुनै अहिलेको समयको माग र आवश्यकता हो । राजनीतिक दलको मात्र किन हामीले आशा राख्ने देशको विकासमा तपाई हाम्रो भुमिका चाही के?अरुलाई गालीगलौंजमा समय खेर फाल्नु भन्दा मिलेर योजना बनाउ काम गरौं। कुरा काटेर बस्नु भन्दा सानो नैं किन नहोस्,कामको थालनी गरौं ।
हरेक नागरिक सचेत र सक्षम भयौ भने हरेक समस्यासंग जुधेर अघि बढ्न अझ सहज हुनेछ । र सबैले सकारात्मक सोच र समग्र राष्ट्रको उन्नति प्रगतिको लागि उतरदायित्व बहन गर्यौ नेता देखि जनतासम्म एकजुट भएर देशको बिकाश निर्माणमा जुट्यौ भने अवश्य पनि राष्ट्र समृद्द र बिकशित हुनेछ र हामी सबै सम्पन्न
हुनेछौं ।
हामी चाहन्छौं बाँचुन्जेल आफ्नो जीवन निर्वाह गर्न दुइ छाकको निम्ति कसैसंग बेइमानी गर्न र स्वाभिमान बेच्न नपरोस् ।आफ्नो जीवन धान्न सक्ने शिपको उपयोग गर्न पाउँ, मिहेनत र लगनशिलताले सुखी र सम्पन्न रहन सकौ ।आफु संगैका सकारात्मक समान सोच र बिचार भएका स्वतन्त्र सहकर्मीसंगै हाँसी खुशी साथ र सहयोग आदान प्रदान गर्दै (हातेमालो गर्दै) , आफ्नो परिवार, आफन्त टोल र समाजलाई पनि सकारात्मक सुधार गरी बिकास निर्माणमा जुटौं ।
स्वतन्त्र र साधारण नागरिक भएर राष्ट्रको झण्डा ओढेर हामी नेपाली भएर बांचौं ।
(लेखक प्रवाशी भुमि दक्षिण कोरियामा रोजगारीमा कार्यरत स्वतन्त्र नेपाली नागरिक हुनुहुन्छ ।)