अवैधानिक बनाउन मन्त्री नै माध्यम


सोल ,

दक्षिण कोरियामा नेपाली युवालाई गैरकानुनी बनाउने कार्यमा कामचलाउ सरकारका एक मन्त्री माध्यम बन्ने गरेको खुलेको छ ।
धार्मिक कार्यक्रममा नेपालबाट शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकाल  मार्फत कोरिया आएका युवाहरु भाग्ने गरेका छन । क्रिस्चियन धर्म प्रवर्धनका लागि ढकालले पटक पटक नेपाली युवाहरु कोरिया भित्र्याएका छन । युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्ने धार्मिक कार्यक्रममा ढकालले नेपालबाट सांसदहरुको साथमा अन्य युवाहरु पनि ल्याउने गरेका छन् ।
पछिल्लो पटक २९ माघ देखि ४ फागुनसम्म भएको धार्मिक कार्यक्रममा सहभागी गराउन ढकालले दश सांसद सहित १७ जनालाई कोरिया ल्याएका थिए ।  अवैधानिक भई  काम गरेका  एक नेपालीले दिएको जानकारी अनुसार  कामका लागि आएर उनि जस्तै भाग्ने अरुपनि छन् ।

मन्त्री परिषद र मुख्य सचिवको सहमति बेगर ढकाल दश सांसदहरु  सहित  धार्मिक कार्यक्रममा कोरिया प्रस्थान गरेको  भन्दै उनको  आलोचना भएको थियो ।
युनिभर्सल पिस फेडेरेसन  क्रिस्चियन धर्म प्रवर्धनका लागि कोरियामा मुख्यालय रहेको सस्था हो । उक्त सस्थाको प्रमुख कोरियाका उद्योगी सन् म्योंग मुन रहेका छन । ढकाल युनिभर्सल पिस फेडेरेसनका नेपाल प्रमुख हुन । ढकाल प्रमुख रहेको  सो सस्थाको नक्सालमा युनिफिकेसन चर्च रहेको छ  ।

क्रिस्चियन धर्ममा नेपालमा सक्रिय भएर धार्मिक प्रवर्धनमा लागेका युवाहरुलाई ढकालले कोरियामा आयोजित कार्यक्रममा सहभागि गराउने गरेका छन । नाम उल्लेख नगरिदिन आग्रह गरेका  अवैधानिक ति  युवाका अनुसार ढकालको परिवार दलमा आवद्ध भएर नेपालमा क्रिस्चियन धर्मको प्रचारमा सक्रिय भए पश्चात कोरिया प्रवेश सहज हुने गर्छ ।
युनिभर्सल पिस फेडेरेसन नेपाल शाखाले धर्म प्रचारका लागि तिन महिने अभियान संचालन गरेको हुन्छ । संचालित अभियानमा सक्रिय रहेर धर्म प्रचार गरेको हुनुपर्छ । उनले भने  मन्त्री ढकाल सहभागी परिवार दलको कार्यक्रममा पाँच सात सय सर्वसाधारणहरुको  उपस्थिति पनि गराउन सक्ने  हर्ताकर्ता हुनुपर्छ ।

धार्मिक प्रयोजनका लागि कोरिया आउदा दोहोरो प्लेन शुल्क सहित कोरिया बसाईको खर्च युनिभर्सल पिस फेडेरेसनले ब्यहोरेको हुन्छ । कागजपत्र मिलाउदा दुइ लाख बढी खर्च भएको उनले बताए । उनका अनुसार ढकाललाई बिश्वाश दिलाउन सक्नुपर्छ । अवैधानिक बन्ने जानकारी ढकाललाई नबताए पनि पटक पटक जम्बो टोलि ल्याउनेलाई थाहा नहुने कुरा भएन उनले भने ।
डा बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा ढकाल सहकारी तथा गरिबी निवारण मन्त्री रहेका थिए । परिवार दलका समानुपातिक दुइ सांसद रहेका छन् । नेपालको दुरावस्था देखाएर आर्थिक संकलन कोरियाको सडक मै उठाएको भन्दै गत बर्ष दुतावासले ढकाललाई सचेत गराएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...