जनजाति नेता आइ०काजिको राजिनामा अस्विकृत
फोनिज कोरिया संवाददाता
काठमाण्डौ ,
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आइ०काजी शेर्पाको राजीनामा पार्टीले अस्विकृत गरेको छ । शेर्पाले उठाएका उचित सरोकारहरु प्रति पार्टीको गम्भिर ध्यानकर्षण भएको भन्दै राजीनामा अस्विकृत गरेको जानकारी गराएको छ ।
राजीनामालाई सार्वजनिक संजालमा राखी गरेको गल्तीप्रति शेर्पाले क्षमा माग्दै आगामी दिनमा यस्तो नगर्ने र पार्टीले दिएको जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाएका छन् । शेर्पाले पार्टीमा व्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएको भन्दै असन्तुष्टी जनाएर राजीनामा दिएका थिए ।
शेर्पा विषेश गरी आदिवासी जनजाति अधिकारको लागि शसक्तरुपमा लागि परेकाके उनलाई जनजाति नेताको रुपमा पनि चिनिने गरिन्छ ।