सय बर्ष यता कोरियन महिलाको उचाई २० सेमी बढयो
सोल,एजेन्सी -एक सय बर्ष यता कोरियन महिलाको सरदर औंसत उचाई २० सेन्टिमिटर बढेको पाईएको छ ।एक अध्ययनमा भनिएको छ कोरियन महिलाको उचाई सय बर्षमा अन्य देशको तुलनमा यति धेरैं बढेको जनाइएको छ ।
सोमबार युरोपियन विज्ञान फोरम म्यानचेस्टर बेलायतमा प्रस्तुत गरिएको प्रतिवेदनमा कोरियन महिलाको उचाई सन १९१४ मा सरदर औंसत १४२.२ सेमी थियो भने हाल १६२.३ सेमी औंसत पाइएको छ ।जापानिज महिलाहरु दोस्रो उच्च उचँई बढने महिलाहरुमा पर्छन् जसको सरदर उचाई १६ सेमी सय बर्षमा बढेको पाईएको छ ।त्यसैंगरी तेस्रो स्थानमा चेक १५.५ सेमी रहेको छ ।
त्यसैंगरी कोरियन पुरुषको उचाई सन १९१४ मा औंसत १५९.८ सेमी बाट १७४.९ सेमी पुगेको छ ।ईरानी पुरुषको उचाई १६.५ सेमी,ग्रीनल्याण्ड १५.४सेमी बढेको छ ।
विश्वका ८सय स्वास्थ्य विज्ञहरुले २सय राष्ट्रको १८.६ मिलियन युवाहरुमाथि अध्ययन गरेको थियो जो विश्व स्वास्थ्य संगठनमा आवद्ध रहेका थिए ।अध्ययनमा उचाइ वृद्धिको कारणमा स्वास्थ्य अवस्थामा सुधार,वंशाणुगत गुण र पोषण तत्व प्रमुख रहेको पाइएको छ ।