संघिय समाजवादी फोरम कोरियाको अधिबेशन सेप्टेम्बरमा
फोनिजक कोरिया संवादाता
सउल
संघीय समाजवादी फोरम दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर १७ तारिख गरिने भएको छ । फोरम कोरियाले मंगलबार सउलमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो ।
अधिवेशनमा केन्द्रिय सदस्य रकम चेम्जोइ० र लिला सिटौलालाई कोरिया बोलाउने प्रयास भइरहेको अध्यक्ष देवराज स्याइ०तानले बताए । ख्याइ०तानले अब बन्न लागेको सरकारले समावेशी र समानुपातिक मुद्यालाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पार्टी सरकारमा जान नहुने सुझाव दिए ।
जातिय, क्षेत्रिय र वर्गिय उत्पीडनमा परेका आदिवासी जनजाति , मधेशी, मुस्लीम, दलित , खस र महिलालगायत समुदायलाई समावेशी र समानुपातिक अधिकार दिलाउन गठित संघीय फोरम पार्टीलाई जातियता भिल्ला भिडाएकोमा अध्यक्ष स्याइ०तानले घोर आप्पती जनाए । महासचिव महेन्द्र राईले कोरियामा पनि संघीय फोरमको सदस्यतामा बृद्धी भइरहेको बताए । कार्यक्रममा प्रवक्ता दावा रिन्जिइ० शेर्पाले विज्ञप्ती वाचन गरी सुनाएका थिए ।