उत्तर कोरियाद्धारा प्रक्षेपित मिसाईल जापानको समुद्रमा खस्यो
सोल एजेन्सी -उत्तर कोरियाले छोटो दुरीको दुई ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।बुधबार बिहान ७ बजेर ५० मिनेटमा ती दुई नोदोंगको परिक्षण गरेको सैंन्य अधिकारीहरुले बताएका छन् ।
एउटा भने करिब एक हजार किलोमिटर उडेर जापानको पानीमा खसेको बताइएको छ ।अर्का मिसाईल भने उडेको केही छिनमा विस्फोट भएको स्रोतले जनाएको छ ।जापानिज सुरक्षा मन्त्री नाकातानीले बताए अनुसार सो मिसाईल जापानको आर्थिक क्षेत्रमा झरेको बताए ।उनले उत्तर कोरियाको सो मिसाईल परिक्षण अक्षम्य भएको भन्दैं कडा आलोचना समेत गरेका छन् ।
उत्त नोदोंग करिब १३ सय किलोमिटर टाढा जान सक्ने जसले जापानको ओक्निहवासम्म सहजैं मार हान्न सक्ने जनाइएको छ ।
दक्षिण कोरियाले मिसाइल प्रतिरक्षात्मक प्रणाली Terminal High Altitude Area Defense (THAAD) मिसाइल प्रतिरक्षात्मक प्रणालीको व्याट्री जडान गरेसंगैं रुष्ट बनेको उत्तरले यो परिक्षण गरेको विज्ञहरुको भनाई छ ।दक्षिण कोरिया र अमेरिकी सरकारले गएको महिना मिसाइल प्रतिरक्षात्मक प्रणाली कोरियामा जडान गर्ने निणर्य गरेको थियो ।