कोरियामा आत्माहत्या गर्नुको एक कारण
मेरो घर दार्चुला हो । हाल म साउथ कोरियामा कार्यरत छु । एकजना साथीले कोरियाको रोजगारी गज्जवको छ भनेर लेखेको पढें । मेरो आफ्नो भोगाइमा त कोरियामा काम गर्न त्यती सजिलो छैन । काम गरे बापतको पैसा चै साहुले दिनै पर्छ ।
तर सबै अधिकारहरु साहुलाई मात्रै हुने भएकोले काम गर्दा साहुले कुट पिट गर्ने देखी लिएर मानसिक तनाब दिने काम पनि कोरियामा व्याप्त नै छ । अहिले सम्म भएका आत्महत्याका केसहरुमा केहि कारण साहुले गर्दा पनि हो । पैसा राम्रै कमाई हुने कोरियामा वातावरण र सेफ्टी बाहिर राम्रै भए पनि कार्यस्थलमा हुने मानसिक र शारिरिक यातनाले गर्दा हामीहरु पीडित छौ ।
साहुले दिने यातनालाई लिएर दुखेसो सुन्ने निकायलाई अधिकार नभएर होला । हाम्रै राजदूतावासले त हामीलाई सहयोग गर्न सक्दैन । फोन गर्यो भने साहुले भनेको झुटो कुरालाई पो मानेर उल्टो हामीलाई थर्काउँछ । तपाईंहरु काम गर्न आको कि घुम्न आको भन्छ ।
राजदूतावास भन्दा त कोरियामा रहेका हाम्रा बिभिन्न संघ सस्थाहरुले आफूले सक्दो सहयोग गरिराखेका हुन्छन् । बिगतका दिनहरुमा श्रम सहचारी श्री अनिल गुरुङले पनि राम्रै सहयोग गरेको पाइन्छ । जे होस हामीले कोरियामा जस्तै रोजगारीको अवसर नेपाल मै पाउने हो भने कोरिया नै किन आउनु पथ्र्यो र ? हामीले कोरियन साहुहरुको गाली र कुटाई पनी खान पर्दैनथ्यो । त्यै माथी सरोकारवालाहरुले नहेरी दिदा कहिले काहीँ त आत्म हत्या गरौं जस्तो मनैबाट बिचार पलाएर आउछ । घर फिर्ता जाउँ त गाउँ समाजले हेप्ला भन्ने डरका साथै नेपालमा गएर पो के गर्ने ? आदी इत्यादी कुराहरु मनमा खेलाउदा तनाव भएर अन्तिम बिकल्पमा आत्महत्या पनि गर्न मन लागेर आउछ ।
म आफै धेरै पटक यस्ता सोचहरु मनमा पालेर बसेको हुन्छु । कुन बेला के हुने हो थाहा हुँदैन । र अन्तमा कोरियामा रहेको हाम्रो नेपाली दूतावासले हाम्रो मर्म बुझी दिएर उचित सहयोग गरेको खण्डमा यस्ता घटना स्वत कम हुने थिए कि ?
उज्यालोबाट