“ईपिएस” थोरैलाई लाभ, धेरैलाई तनाव।
ई. पि. एस. अर्थात् रोजगार अनुमति प्रणाली गणतन्त्र कोरियामा रोजगारीको लागी प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहे पनि यो प्रणालीबाट थोरैले लाभ लिदै र धेरैले तनाव झेल्दै आइरहेको कुरा सर्व विदितै छ।
ई. पि. एस. कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले समाचारहरुमा बारम्बार ई। पि। एस। को वास्तविकताबारे जानकारी गराउनु भए जस्तै भाषा परीक्षामा पास हुने जति सबैले कोरियामा रोजगारीको अवसर नपाउने निश्चित प्रायः छ।
यो व्यवस्थित एवं पारदर्शी प्रणालीले गर्दा सन् २००८ देखि नै हजारौं नेपाली युवाहरूले आर्थिक क्षति सँगै मानसिक तनाव पनि भोग्नु परेको तितो यथार्थ छ। सन् २०११ को ई। पि। एस। बाट सबभन्दा बढी युवाहरू पिडित हुन पुगे।
सन् २०११ को कोरियन भाषा परीक्षामा पास भएकाहरू मध्यबाट १००५ लिएकाहरूलाई पहिलो पटक स्किल टेस्ट९सीप परिक्षण ० गरायो। र सन् २०१३ मा पनि भाषा परीक्षामा उत्तिर्णमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल युवाहरूलाई दोश्रो पटकको स्किल टेस्टमा सहभागी गरायो। सन् २०११ र सन् २०१३ को स्किल टेस्टमा सहभागी भएकाहरू पनि अधिकांश पास भए।
स्किल टेस्टमा पास हुनेहरूलाई पहिलो प्राथमिकता तथा सहभागी हुनेहरूलाई दोश्रो प्राथमिकतामा राखे पनि भाषा परीक्षामा उत्तिर्ण मात्र भएका तर स्किल टेस्टको लागि अयोग्य भएकाहरूको पनि शुरूआत देखि नै ईस्यू९जारी० हुनु र श्रम सम्झौता आउनुले स्किल टेस्टको औचित्य माथि नै प्रश्न चिन्ह उठ्दै आइरहेको छ।
पछिल्ला बर्षहरूमा त भाषा परीक्षामा पास हुने सबैलाई स्किल टेस्टमा पनि सहभागी हुनुपर्ने प्रावधान राखिएको छ। यदि यो ई। पि। एस। पारदर्शी प्रणाली हो भने स्किल टेस्टको अवधारणा किन ल्यायो र सन् २०११ देखि नै स्किल टेस्टमा पास भएकाहरू सबैलाई कोरिया किन लगेन१ सबैजना योग्य भएता पनि खोई त स्किल टेस्टमा पास भएकाहरूलाई पहिलो प्राथमिकता दिएकोरु
उता कोरियन भाषा अध्ययन गर्दा र स्किल टेस्टको तयारी गर्दा जताततै च्याउ झैं फैलिएका कोरियन भाषा ईन्ष्टिच्यूट हरूलाई मोटो रकम पटक पटक तिर्नु पर्दाको पिडा एकातिर छ भने अर्को तर्फ मोबाइलमा डाटा प्याक खरिद गरी दिनदिनै नेट हेर्दा हेर्दै अर्थात् ईस्यू हुने सम्भावित सुनौला दिनहरु कुर्दा कुर्दै थकित भैसकेका छन्, युवाहरू।
यसरी आर्थिक क्षति र मानसिक पिडा भोग्नु परेको छ आम बेरोजगारी युवाहरूले तरपनि अझै आश मारेका छैनन्। कोही कोही त आश मार्दै, पुनः आश गर्दै अर्थात् मर्दै, पुनः बाँच्दै जस्तै हुन पुगेका छन्। प्रत्येक नयाँ दिन सँगै आशै आशमा बाँच्नु पर्ने के गरायो यो पारदर्शी प्रणालीले !
हाल: दक्षिण कोरिया