माओवादीका दुई नेता कोरिया आउदै
सउल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य युवराज चौलागाई र स्थाइ समितिका सदस्य विश्वभक्त दुलाल आहुती दक्षिण कोरिया आउने भएका छन् । यहि अगस्ट १४ तारिख आइतबार नेकपा माओवादी प्रवास संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो केन्द्रिय अधिबेशनको उदघाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोरिया आउन लागेको आयोजकले जनाएको छ ।
कोरियाको राजधानी सउलस्थित दोन्देमुनको जुङ्गु कुमिन ह्वेग्वान अर्थात् एनआरएनको चुनाव भएको हल तथा दिनवन्धु पोखरेलको प्रवचन हलमा हुन लागेको उक्त ऐतिहासिक अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल पारीदिन सम्पूर्ण कोरियामा रहेको संघसंस्था एवं प्रवासी नेपाली र पत्रकारहरुलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरेको आयोजक संस्था जनअधिकार मञ्च दक्षिण कोरियाले आग्रह गरेको छ ।
स्थान:- जुङ्गु कुमिन ह्वेग्वान अर्थात ( NRN चुनाव भएको, दिनबन्धु पोखरेल प्रबचन भएको हल ( दोन्देमुन डाेटा पछाडिको हल )
आयोजक
जनाधिकार मन्च दक्षिण कोरिया
सम्पर्क
अध्यक्ष : गणेश कालिकोटे
01046639775
महासचिव : लालकाजी बस्नेत
01094260563