वानकीमुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ स्वर्ण
सोल-वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।७ देखि ८ तारिख भएको खेल बर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो ।
नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएको थियो ।
पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल ५ मध्ये सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल ५ मध्ये सिनियर पुम्सेमा पराग दास गोर्खाली जुनियर तर्फ सिजन भन्डारी , ससिन शर्मा , सबिन बस्याल , आयुषा गुरुङले जितिन ।
दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा गोल्ड मेडल सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले सिल्बर मेडल ,स्मृति थापा, सिनियर स्पाईरिङमा रजत मेडल २ मध्ये कुमार मानन्धर ,पुरुषोत्तम मानन्धर , जुनियर स्पाईरिङतर्फ ४ रजतमा सिजन भन्डारी , साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले जित्न सफल भएका छन् ।
अमेरिका , रसिया, चीन, भारत, बाङ्लादेश , श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १३ जना खेलाडीहरू, टिम कोच राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष बिकास श्रेष्ठ र संघका कानुनी सल्लाहकार मुन्ना बिक्रम खाती टिम मेनेजर भएर आएका थिए ।