सेल्फीमा लुकेको दुई कोरियाका नागरिकको चर्चा
दक्षिण कोरिया
कुरा सेल्फीको हो । आफ्नो तस्वीर आफै खिच्ने । केही दिन अघि खेलको महाकुम्भ ओलम्पीकमा उत्तर र दक्षिण कोरियाका दुई महिला खेलाडीले खिचेको सेल्फी फोटोले मिडियामा निकै चर्चा पायो । विश्वको नजरमा कटु सत्रुतामा रहेका दुई देशका नागरिकवीचको भावनात्मक एकता र उत्तर कोरियाका कडा शासन प्रणालीको तुलना गरिएकोले सो तस्वीरले निकै महत्व पायो ।
सीमारेखाले दुई देशलाई उत्तर र दक्षिणमा विभाजित गरेपनि उनीहरुको भावनालाई विभाजित गर्न सकेको छैन भन्ने ज्वलन्त उदाहरण हो यो सेल्फी । प्रविधिकरुपले दुई देशवीचको युद्धको अन्त हैन स्थतीत मात्रै भएको छ । त्यसैले कुनै पनि बेला पुनह युद्ध बल्झीन सकिने त्रासमा छन् । दक्षिण कोरियामा रहेको अमेरिकी सेना कै कारण उत्तर कोरियाले पटक पटक यद्धको धम्की दिदै आएका छन् । दक्षिण कोरिया पनि अमेरिकी सेनाकै आडमा उत्तीकै उस्तै जवाफ फर्काउदै आएका छन् । त्यसैले पनि विश्वको नजरमा उत्तर र दक्षिणमा विभाजित एउटै देश एक अर्काको कटु शत्रु जस्तो देखिन्छ ।
उत्तर कोरियाको कम्नुष्ट सरकारको कडा शासन प्रणाली अनुसार विना अनुमति खेलाडीलाई कसैसंग पनि फोटो खिच्न मनाही छ । अतिनै रहस्यमयी र गोप्य रहन चाहने यो देश को एउटा खेलाडी ले माहा सत्रु राष्ट्र दक्षिण कोरिया को खेलाडी संग लिएको यो सेल्फी, जति मन छुने छ त्यति नै त्रासदी पूर्ण पनि छ किनकि उत्तरको कडा शाशन ले एस्लाई अस्विकार मात्र हैन मिर्त्यु दण्ड वा अन्य कठोर भौतिक कारबाही गर्नसक्छ ।
मलाई लाग्छ कि शाशक हरु जनताको भावना भन्दा पनि आफ्नो स्वार्थ र हठ अनुरुप काम गर्छन , करिब ६ दशक अगाडी यी दुइ देश विभाजित हुदा जमिन मात्र विभाजित नभएर अफ़न्तहरु पनि विभाजित भए ताकी उनीहरु को चाहनाले भेटघाट समेत गर्न पाएनन् ।
धेरै समय पछि दुइ देश बिचको सम्झौता र निगरानीमा केवल केहि समय को लागि स्थान तोकेर केहि भाग्यमानी हरुले आफन्त हरु भेट्ने अवसर पाए र त्यो पनि अहिले निरन्तर हुन सकेको छैन । उनीहरु कति विछिप्त र भावनात्मक छन् भनेर कुरा भेटघाट पछिको छुट्टयाई मा बगाएका आशु ले प्रस्ट पार्दछ । उनीहरुको भावना बाडिएको छैन । मुटु बाडिएको छैन र प्रेम स्नेह जस्ताको तस्तै छ तर शाशक हरु उनीहरुलाई बुज्दैनन र बुझ्न जरुरि ठान्दैनन् । उत्तरमा बस्ने मामाले दक्षिण को भान्जालाइ सत्रु ठान्ने , दक्षिण का आमाहरुले उत्तरका छोराहरुलाई सत्रु ठान्ने यो कदापी हुन सक्दैन । तर शाशकहरु यो कुराको भ्रम सिर्जना गर्दै उत्तेजना फैलाउने काम मात्र गरिरहेका छन् ।
भेटघाट को समयमा उनीहरुले बर्साएका आत्मीयताको मापन भिडियोबाट आम सबैले गर्न सक्छन कि उनीहरु एक अर्कामा कहिल्यै टाढा हुन चाहदैनन् , तर शाशकहरु एसको बिपरित मान्छन ।
एउटा अबोध जस्तै लाग्ने किशोरीले सेल्फिको लागि आग्रह गर्नु र फेरी कडा कानुनको प्रबाह नगरी उनीसंग सेल्फी दिन तयार रहने यी दुवै जनाको भावनाले सम्पूर्ण उत्तर र दक्षिण को जनताको भावना प्रस्तुत गरेको छ । यो मुस्कान सहितको फोटो दुइ जनाको मात्र नभएर सारा उत्तर र दक्षिण को जनताको हो । उनीहरु दुइ जना केवल प्रतिनिधि पत्र मात्र हुन् , र बोर्डर ले देश बाँडे पनि भावना बाँडिएको छैन भन्ने संदेश हो यो । गहिरिएर सोच्ने हो भने यो निकै मर्म स्पर्सि र गम्भीर छ । मलाई लग्छ यो भावनाको कदर उचित तरिकाले हुनेछ र एसको लागि बिश्वो समुदायले पनि जोड दिने छ र येदि कानुनकै भरमा उत्तर ले ति खेलाडीलाई सजायको भागीदार बनायो भने उत्तरको बिरुद्द बिश्वो एक हुनेछ ।