बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । १४ अगस्त आइतबार बुसान स्थित( 초량) स्टेशन नजिकै रहेको YMCA हलमा भब्यरुपमा सम्पन्न भयो । पहिलो अधिवेशनले पुनः आनन्द राईकै अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । कायक्रमका प्रमुख अतिथि दिनेश राईको संयोजकत्वमा गठित रबिन राई र सुनिल दिप्त राई गरी तीन सदस्यिय निर्वाचन समितिद्वारा आनन्द राईलाई दोस्रो पटक पनि अध्यक्ष पदमा चयन गरिएको हो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा मिना राई, उपाध्यक्षमा सजिन राई, सुदिप राई, महासचिव मिलन सोझे राई, सचिव सनिल राई, सहसचिव उमेश मेवाहाङ राई, कोषाध्यक्ष श्याम राई र सहकोषध्यक्ष शिला सुनुवार रहेका छन् । त्यसैगरी सदस्यहरुमा ललित राई, महेश राई, रन्जित राइ, डेनिशा राई, अनु राई, गोपाल राई र विशाल राई चयन भएका छन् ।
निर्बाचित नया कार्य समितिका पदाधिकारी र सदस्यहरुलाइ निर्बाचन मन्डलका सयोजक दिनेश राइले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि किराया बुसानको दोस्रो पटक अध्यक्ष पदमा निर्बाचित आनन्द राइले अघिल्लो कार्यकालको अनुभवलाई सदुपयोग गरेर आगामी दिनमा सस्था लाई अझ उचाइमा पुर्याउन लागि पर्ने कुरा ब्यक्त गर्दै नया कार्यसमितिका सबैलाई इमान्दार जिम्मेवार भएर आफ्नो आफ्नो स्थान बाट किराया बुसानको लागि काम गर्न निर्देशन दिए ।
बिनोद बान्तावाद्वारा सन्चालित कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरि दुई भागमा सम्पन्न भएको थियो । उदघाटन कार्यक्रमपश्चात् सभापती आनन्द राई, प्रमुख अतिथी किरात राई यायोक्खा द कोरियाका अध्यक्ष दिनेश राई, विशिष्ट अतिथी NRN बुसानका अध्यक्ष रबिन राई, बाहिङ किरात राई द कोरियाका अध्यक्ष सुनिल दिप्त राई; अतिथीहरु मगर सघ बुसान किमे थेगु द कोरियाका अध्यक्ष भिषण पुर्जा मगर, प्रबाशि महिला समाज बुसान द कोरियाकी अध्यक्ष प्रतिमा आले मगरले सयुक्त रुपमा दिप प्रज्वलन गर्दै रास्ट्रीय गानको धुनबाट उद्घाटन सत्र शुरु भएको थियो । उद्घाटन पश्चात् किराया बुसानकि उपाध्यक्ष मिना राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
त्यसैगरी कलाकार बिभाग- साकेला नृत्य सम्योजक अ्म्बिराज राईले कलाकार बिभागले गरेका कामहरुको बारे, खेलकुद बिभाग- यलम्बर युथ क्लब का सयोजक सुजित राईले खेलकुद बिभागको उदेश्य र सन्चालन गरेका गतिबिधीबारे, सजिन राई ले आफ्नो सम्योजकत्वमा सस्थाले सम्पन्न गरेका मनोरन्जनात्मक कार्यक्रमहरुले सस्थालाइ पुगेको फाइदा बारे र मिलन सोझे राई ले किरात हरुको ईतिहास, भाषा, सस्कार, धर्म सस्कृतीबारे मन्तब्य दिएका थिए । कार्यक्रमका विशेष अतिथी NRN बुसानका अध्यक्ष, किराया बुसानका सस्थापक अध्यक्ष रबिन राईले किराया बुसानको स्थापनाकालमा धेरै दुख कस्टहरु भोग्नु परे पनि कार्यसमितिका सबै सदस्यहरुको मेहनत इमान्दारिताका कारण छोटो समयमा सस्थालाइ कोरियाभर परिचित गराउन सफल भएको आफ्नो अनुभव सुनाउदै नया कार्य समितिले पनि किराया बुसानको यो उचाइलाइ अझ बढाउनको लागि सफलताको शुभकामना दिए।
मन्तब्यको क्रममा प्रमुख अतिथी कि रा या सौल द कोरियाका अध्यक्ष दिनेश राईले 2001 मा स्थापना भएको किराया द. कोरियाले आफ्नो उदेश्यहरुलाइ पूरा गर्दै किरात राईहरु बिच भातृत्व मेलमिलाप र एकताको बिकास गर्दै सम्पुर्ण नेपालीको हितका लागि सामाजिक कार्यमा पनि त्यतिकै अग्रसर रहेको कुरा ब्यक्त गरे । किराया बुसानका काेषाध्यक्ष दिवान राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरिसकेपछी कार्यक्रमका सभापती किराया बुसानका अध्यक्ष आनन्द राईले सस्थाको प्रगती बिबरण सुनाएका थिए । प्रगती बिबरण सुनाइसके पछि किराया बुसान लाई शुरुवातकालमा कतिपयले जातिय सस्थाको रुपमा साघुरो मानसिकताले हेर्ने गरेको भएता पनि सस्था र सस्थाका सदस्यहरुले गरेको सामाजिक कार्यले गर्दा त्यो साघुरो मानसिकतालाइ बदल्न केही हद सम्म भए पनि सफल भएको कुरा आफ्नो तीन महिने नेतृत्वकालमा आफुले बटुलेको अनुभव सुनाए। त्यसपछी आफ्नो नेतृत्वलाइ पुर्णरुपमा सहयोग गरेर सस्थाको बिकासमा योगदान दिने सबै पदाधिकारी र सदस्यहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गरे ।