लमजुङ् एफसीको पोल्टामा उपाधी
सउल,
नेपाल मगर संघ गणतन्त्र कोरियाले पहिलो पटक आयोजना गरेको स्व. हेम पुन मगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को उपाधी लमजुङ् एफ सीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा विजेता समूहले १६ लाख वन नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो । १६ समूहको सहभागिता रहेको टुर्नमेन्टमा फाइनलमा पुगेका लम्जुइ० एफसीले मेचीमहाकाली एफसीलाई १-0 गोल अन्तरले विजय हासिल गरेको थियो ।
कोरियाको वढ्दो गर्मीको प्रर्वाह नगरी अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त प्रतियोगिताको उपविजेता मेचीमहाकाली एफ सि बन्न सफल भएको थियो । उपविजेता समूहलाई ८ लाख नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी लम्जुङ एफ सि का शिशिर अधिकारी,उत्कृष्ट गोल रक्षक मेचीमहाकाली एफ सि का छिरिङ्ग लामा भए भने उच्च गोलकर्ता मेचीमहाकाली एफ सि कै कमल बस्नेतले हात पारे ।
उक्त दिन विभिन्न सङ्घ संस्थाको कार्यक्रम भएता पनि कार्यक्रम सोचेको भन्दा अत्यन्त सफल भएको थियो । दर्शकहरु बिहान देखि बेलुकी सम्म खेलमैदानको वरिपरि खचमच्च भरिएको थियो ।
कार्यक्रममा आउनु भइ कार्यक्रम भब्य सफल बनाईदिनु हुने सम्पुर्ण सहभागी फुटबल टिम, उक्त कार्यक्रमका सम्पुर्ण स्पोन्सर ज्युहरु, संघ सँस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, पत्रकार मित्रहरु तथा सम्पुर्ण दर्शक महानुभाबहरुमा मगर संघ कोरियाका अध्यक्ष श्री खड्ग थापा मगर ले हार्दिक आभार ब्यक्त गरे ।
उक्त कार्यक्रमको अबसरमा नेपाल मगर संघ गणतन्त्रले स्थगित गरेको भाग्यशाली चिट्ठाको नतिजा पनि सार्बजानिक गरेको छ । उक्त चिठ्ठा को नतिजा यसप्रकार रहेको छ
प्रथम पुरस्कार- चिट्ठा नं- 000861(मिना थापा)
द्वितीय पुरस्कार – 000693(तामाङ संघ,कोरिया
तृतीय पुरस्कार – 000791(कृष गुल्मेली
सान्तवना पुरस्कार – 001014(प्रीन्सेस )
-0000196(शरण राई)
-000342(महेन्द्र मिस)
उपरोक्त चिठ्ठा पुरस्कार दाबी गर्नको लागि चिट्ठा खोलिएको मिति 2016/08/14 बाट 2 हप्ता भित्र नेपाल मगर संघको प्रतिनिधिको साथै र 010 7459 5804 र 010 4375,0593 मा सम्पर्क गर्नु हुन मगर संघ कोरियाले अनुरोध गरेको छ ।