गर्मीको कारण कोरियामा मर्नेको संख्या १६ पुग्यो
एजेन्सी,सोल-दक्षिण कोरियामा गर्मीको कारण मर्नेको संख्या १६ जना पुगेको छ ।कोरिया स्वास्थ्य रोकथाम तथा नियन्त्रण विभागले बताए अनुसार सन २०११ यता सब भन्दा बढी तातो हावाको कारण कोरियामा मृत्यु भएको हो ।
सन २०१२ मा सो संख्या १५ जना रहेको थियो भने गत बर्ष ११ जनाको मृत्यु भएको थियो ।वायुविज्ञानले सोलमा ११ दिनसम्म तातो हावा वहन सक्ने चेतावनी दिएको थियो ।हालसम्म करिब १८ सय गर्मी संबन्धी रोगबाट ग्रस्त भएका छन् ।
विज्ञहरुले गर्मीबाट बच्न र रोगबाट लडनका लागि प्रशस्त पानी पिउन भनेको छ ।स्वास्थय अधिकारीहरुले बाहिर गर्मीको कारण अचेत भएको बिरामी भेटेमा ११९ मा फोन गर्न आग्रह गरेको छ । सेप्टेम्बरबाट केही मात्र गर्मी घटने कोरिया वायुविज्ञानले जनाएको छ ।