परदेशीको पीडा
कोरिया यो तातो गर्मीमा दिन भरी पसिनाले भिजेको यो लुत्रुक शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफ्नो शरीर लाइ सुकाइरहेको छु। पल्टीएको छु यो थात्रो चकटीमाथी र देखिरहेको छु अनेक सपना । यो आँखा झिमिक्क गर्न मान्दै , मान्दैन सायद निन्द्राले पनि अन्तै बसाई सारी सक्यो कि ,क्यारे ।
कोठामा म जस्तै सपना बोकेको चार जना साथि हरु मस्त निन्द्रामा पल्टीएका छ्न सायद दिन भरीको गधा जस्तो कामले त होला नि।कहिले काहीँ डर लाग्छ दिन भरी घाम मा फिनिल हाउस वा कम्पनी भित्र पसिन तप तप चुहएर राती चिसो एसीमा सुतेको साथीहरु कतै ब्लड सर्कुलसिओन बन्द भयेर सुतेको सुतै हुन्छ्न कि।
केही महिना अघि एक जना भोजपुर को दाइ दिन भरीको थकान मेटाउन खाना खाएर अराम गरेको दाइ बिहान उट्दा संसारबाट बिदा हुनुभयेछ।मैले मेरो प्यारो दाइ गुमाएको छु।राती अनेक सपना बोकेर सुतेको अराम गरेको दाइ अहिले पनि मेरो वरिपरि घुमिरहेको जस्तै लाग्छ । कठै हामी नेपाली को जिन्दगी।
बिहान् पाखा झिस्मिस्स्सेमा उठेर बेलुकाको चिसो भात बोकेर काममा जानु छ। थाहा छैन कहिले सम्म यो शरीरलाई निस्तो र चिसो भात ले टीकाइरहेन्छ । काम त गर्नु नै छ मेहनत साथ गर्दा नि साहु र नेपाली भनौदा सिनियरको नमिठो बोली ले यो मन कटक्क खान्छ । कहाँ गयो हामी वीर नेपाली को नझुक्ने शिर ।
संगैको साथी फेस्बुकमा ठुला भवन र सपिङ महल अगाडि सेल्फी हनिरहेका छ्न। कति चलौछौ फ्रन्ट क्यामेरा त्यो फोटोले लिदैछ नेपाल को भाइ बाहिनी को कोरिया आउने साहरा ,नेपालको गाउँमा मलामी जाने युवा छैनन् , जन्ती जाने लक्का जबान छैनन् , बन्द गरिदेउ ,सक्छौ भने देखाइदेउ त्यो रगत र पसिना बगदै गर्द को अवस्था । के तिमी सक्छौ ?
केही महीना अधि क्येमिकल ट्यांकी सफा गर्ने क्रममा र मेसिनमा च्यापेर हामीले हाम्रो देशको सपूत घुमाइ सकेका छौ। म आँसु खसाल्दै भकानले रुइरहेको त्यो दिदी को फोटो हेर्दैछु।अनि एक्नास ले हेरिरहेको छु त्यो अबोध बाल्कलाई जस्ले आफ्नो बाबाको शरीरलाई हेर्न घन्टौदेखि शबगृहमा कुरिरहेको छन् ।
अनि मन्मनै भन्छु म कठै हाम्रो चेली को भाग्य अनि म जस्तै प्रदेसिएको युवाको जीवन कति सस्तो भो हाम्रो मृत्यु ।
यसरी नै कहिले सम्म आफ्नो बलि दिने सायद इमान्दरी र बाहदुरको रगत भएर होला। बिश्व युद्धमा विश्वको कुना कुनामा नेपालीको रगत र जनयुद्धमा आफ्नै देशमा रगतको खोला बगायौ ।
कहाँ छ यो सरकार मलाई जबाफ देउ ।दुई छाकको संघर्श गर्दै पढेर योग्य भएका नौजवानलाई देशमा केही गर्न दिन नसक्ने हैसियत छ तिम्रो सरकार ।
एक मात्र बिमानस्थलमा रातो क्यप लगाएर बिदा गर्न आतुर छौ तिमी सरकार ।भाषा परिक्षा फारम भर्दादेखि शुल्क लिन पल्केको आयश्रोत बनाएछौ सरकार । दुध दिने गाईलाई अरुको देशमा गोरु बनौदा लुगा लगाएर हिंड्न् लाज लगोस सरकार ?
इराक मा १२ नेपाली रेटिए अफ्गनिस्थनमा १३ नेपाली भुटिए मलेसिया मा १० रुपैयाँकालागि लिन्छन् ज्यान नेपालीको, साउदी, कतार दुबईमा गर्मीले मर्दैछ्न, कोरियामा सहयोगि हात नभएर स्याउ जस्तै फलिरहेछ्न। यस्तो हुदा नि रेमित्यन्स ले देश टीकाइरहेको छौ हामीले सरकार
त्यो पचास लाख जनता बिदेशी भुमिमा रगत र पसिना बगाएकोलाइ जबाफ देउ ?
एक मात्रै विमानस्थलमा बिदेशीनेको लर्को देखर मेरो मतृभुमी खुशी छैनन् ।गुलाबी रङको फर्किने बाकस ले प्रत्येक गाउँ को चेलीको सिन्दुर पुछेको छ। केटाकेटी को खुसी र भबिस्य खोसेको छ। नेपाल आमाले प्रत्येक दिन कर्णाधार सन्तान गुमाएकी छिन।
तल्लो घरको रामे दाइ कपालको रौ कालो छ्दा नै एउटा झोलामा अफ्नो सपना बोकेर त्यो आकसको बाटो हुँदै परदेशि भुमीमा त्यो अफ्नो पसिना लाई पखुराले पुछ्दा पुछ्दै त्यो कालो कपाल कहिले ले सेतो भयो उसलाई नि थाहा नहुदो रहेछ।
एपिएस तिमीले भैसिपाटी तालिममा त कोरियाको बर्णन गरौ र देखयौ सपना ,दैनिक भत्ता पचौने शिक्षकले दिये कोरिया को उच्च जीवन शैली को बर्णन , के तिनीहरुले भोगेका थिएन्न संघर्ष खोइ त्यो संघर्षको पलको परिचय सधै बोका, कहिले सम्म बनौछौ नेपाली जनतालाई।
अन्तिममा जहाँ जस्तो भएपनी आफ्नो बल बुद्धी होसियारले गर्नु तपाईंको साथ नेपाली आमाले दिनुहुन्छ । य नेपाल । जय स्वभिमान ।