पत्रकारको नाममा


अगस्ट १९ । विश्व फोटोग्राफी दिबस । यो दिन फोटाका कुरा गर्न पर्ने हो । तर परदेशको पत्रकारिताका कुरा गर्ने प्रयास भएको छ ।
भनिन्छ सर्पको खुट्टा सर्पले नै देख्छ । सत्यता कति छ यसै भन्न सकिन्न । तर आफ्नै क्षेत्रमा भए गरेका केही कुरालाई भने थाहा पाउन सकिन्छ । बुझेका कुरा यसो हो यसो होइन भन्न सकिन्छ । भलै कसैले ‘जान्ने बनेको’ नै किन नभनोस । यो लेख ‘पत्रकार हुँ’ भन्नेका लागि हो ।

पत्रकारिता पढियो । गरियो । रुचि नराखौ भन्दा भन्दै पनि कतै न कतै जोडिन्छ । संयोगले नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिबेसनमा पुग्न पाइयो । बोल्ने बक्ताले अरु जे भने पनि ‘स्वच्छ पत्रकारिता’ भन्न छुटाएनन् । धेरै भएको थिएन कोरियामा । त्यसैले लागि रह्यो यो कस्तो रैछ ‘स्वच्छ पत्रकारिता’ ? कार्यक्रम भयो । चुनिनु पर्नै चुनिए । माला लाए । फोटो खिचे । न्युज बनाउनेहरु नै न्युज मेकर भए । मनको कुरा मनमै रह्यो ।

समयसँगै केही ‘स्वच्छ पत्रकारिता’का नमुना फेसबुक तिर देखिए । एउटा समाचारको अंश यस्तो छ । कोरियामा नेपालीहरु मझ दलाल छबी बनाएका बोगटी सस्तोमा नेपाल पैसा पठाइ दिन्छु भन्दै करोडौ उठाएर फरर भएको बताएको छ । को हुन बोगटी ? म्याग्दी घर भएका उनी कोरियामा सबै भन्दा कुख्यात ठग भनेर चिनिने गरेका बताइन्छ । रेष्टुरेन्ट ब्यवसाय गरे पनि भित्री व्यवसाय भनेको ठगी नै रहेको चिन्नेहरु बताउँछन् ।

छबि नै दलाल । चिन्नेले ठग भन्ने । कुख्यात । हैन यस्तोलाई पैसा दिने पनि मुर्ख होइन ? समाचार पढ्दा लाग्ने कुरा । अर्को कुरा यो समाचार लेख्नेकै पनि अलि अलि पैसा त टप्कायो जस्तो छ ? जे होस पत्रकारिताको सामान्य सिद्धान्त भनेको जे कुरालाई पनि ‘सोर्स’ राख्न पर्छ । ‘सोर्स’ बिना आफुलाई रिस उठ्यो भन्दैमा नानाभाँती लेख्न पाइन्न । नेपालको कानुनले पनि अदालतले दोषी प्रमाणित नगर्दासम्म ज्यानमारालाई ज्यानमारा लेख्न पाइन्न । चोरलाई चोर भन्न पाइदैन । यस्ता केसमा संलग्नहरु आरोपी मात्र हुन् । ज्यानमारा, चोर लेख्नै मन लाग्यौ भने ‘सोर्स’ हरु प्रयोग गरेर लेख्न सकिन्छ । भन्न सकिन्छ ।

नमुना समाचारमा अझ तल एक ब्यपारी । उनका दाइ, भान्जा पनि पीडित भनेका छन् । न दाइको नाम छ । न भान्जको । न ब्यापारीको । पत्रकारिता गर्ने नै हो भने तँपाईले ‘डेनिस म्याक्योल’को पत्रकारिताका थ्योरी जान्नु पर्छ नै भन्ने छैन । न त ‘स्रार्म‘ले भनेको पत्रकारिताले कसरी काम गर्छ भन्ने नै जान्नु पर्छ । यसो भन्दैमा जान्नु नै पर्दैन त भनेको होइन । जाने राम्रो । नजान्दा पनि फरक पर्दैन । ठूला विश्व विद्यालयको डिग्री पनि चाहिदैन । तर तँपाईले पत्रकारिताको ‘एविसी’ जान्नु हुन्न । ‘लिड’ लेख्न आउँदैन । ‘इन्भर्टेट पिरामिड’ भनेकै सुनेको छैन । ‘फाइबडब्लुवानएच’ कसरी हुन्छ ? थाछैन भने जान्नु पर्छ । यी भनेका नेपाली अक्षर सिक्ने हो भने कखरा जस्तो मात्रै हो । कख नै नजान्नेले निबन्ध लेख्छु पढ्छु भन्यो भने दुनियाले के भन्ला ? अनि पत्रकारिताको कख नजानेको प्रधान सम्पादक  भए पछि कस्तो होला परदेशको पत्रकारिता ?

पत्रकारिता अहिले सजिलो छ । बर्षिक रुपमा केही पैसा तिर्यो । डोमेन किन्यो । स्पेस किन्यो । अनलाइन न्युज पोर्टल सुरु गर्यो । कन्ट्रोल सि कन्ट्रोल भी । बुझ्नु भएन ? कपि पेस्ट । भोली देखी पत्रकार  । डोकामा पनि ढोका पनि कसैले रोक्ने कुरै भएन । देशमा राजा गए पनि तंपाई युवराज सम्झनु हुन्छ । तर त्यस्तो व्यावहारको एक पत्रकारले पुरै अनेक पत्रकारको बेज्जत गर्छ ।

कोरियामा भएका अहिलेका न्युजपोर्टलहरुका पत्रकार दिन भरि ‘साजाङनिम’, ‘इसानिम’, ‘फान्जाङनिम’ वा यस्तै केही ‘निम’हरुको ‘सेक्या’ बन्छन् । थोरै रेष्ट गर्नु पर्ने समयमा पत्रकार बन्छन् । दुःख छ । महनेत छ । तर त्यसो भन्दैमा तँपाईले मनलागि लेखेर वा अरुलाई गाली गरेर पत्रकारिता गर्न पाइँदैन । यो पत्रकारिताको सामान्य सिद्धान्त हो । दुनियामा प्रोफेसनल पत्रकारीता गर्नेले आफ्नो ज्यान दिएका छन् । तँपाईको खल्तिको पैसा गएको छ यो त सोखको लागि भन्नेले पनि पत्रकारिताका आधारभूत सिद्धान्त भन्दा बाहिर गएर लेख्न बोल्न पाइदैन । आफ्नो मन खुशी लेख्नेले साहित्यका विधा चुनेको राम्रो । अहिलेको कोरियाको अबस्था केही नराम्राले गर्दा राम्रा पनि उही ड्याङका मुला भएको अबस्था छ । त्यसैले पत्रकारको भेलामा न्युज मेकर्सहरु आउँछन् र स्वच्छ पत्रकारिता गर्न सल्लाह दिन्छन् ।

बुझ्नै पर्ने कुरा के हो भने नेपाली टाइप गर्दैमा सबै पत्रकार हुदैनन् । भलै टाइपिस्ट बन्लान् । तँपाई वानम्यान जर्नानिजम गर्नु हुन्छ भने पनि सोर्स कोर्ड, फ्याक्ट चेक, डवल चेक गर्नै काम आफ्नै हो । भाषा मिलाउने, लिड मिलाउने काम पनि तँपाईकै हो । नत्र कोरियामा फलाम कुटेर महिनाको दुईलाख कमाकोबाट थोरै पैसा दिएर आफै प्रधानसम्पादक आफै प्रकाशक भएर नाक घिरौला बनाउनुको तुक छैन ।

यति पढे पछि अरुलाई वाल नभए पनि पत्रकारहरुलाई रिस उठ्यो होला । रिसाउनु भन्दा यसो गर्नुस गुगलमा पत्रकारिताका कुरा छ्यासछ्यास्ति पाइन्छन् । खोजौ केही पढौ । राम्रा लेख्न सक्नेको ब्लगहरु पढौ । नत्र फेरी रुल अफ थर्ड नै थाहा नभाको फोटो पत्रकार झै हुन्छ । अनि यस्तो पत्रकारिता गर्नु भन्दा १२ घन्टे ड्युटीले दुखेको थाकेको ज्यानलाई आराम हुन्छ । मज्जाले खुट्टा तन्काएर सुतौ । स्वच्छ पत्रकारिता झै स्वच्छ छलफलका लागि सधै स्वागत । ह्याप्पी वल्डफोटोग्राफी डे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...