कन्काई सांगीतिक सौंगात भाग १ सफल हुनेमा म ढुक्क छु :संतोष श्रेष्ठ (अध्यक्ष)झापा मिलन समाज
कोरियामा झापा मिलन समाज कलाकार छनौंटको कारण यतिबेला चर्चामा छ तर पनि चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १५ तारिखमा ३ वटा सांस्कृतिक कार्यक्रम जुधेका हुनाले झापाको लागि त्यति सहज भने छैंन् दर्शक तान्नलाई ।
समाजले कोरियामा काम छोडी बसेका नेपालीहरुको आपतविपत पर्दा बस्नको लागि शेल्टरको स्थापना गरेको छ ।जसलाई अझ व्यवस्थित बनाउने हेतुले कार्यक्रम गर्न लागेको अध्यक्ष संतोष श्रेष्ठ बताउछन् ।कार्यक्रम सफल हुनेमा ढुक्क रहेका अध्यक्ष श्रेष्ठसंग फोनिज कोरिया डट नेटका लागि एरन लिम्बूको सहयोगमा ‘ऐश्वर्य श्रेष्ठ’ले गर्नु भएको कुराकानी ।