बुसान, स्याङ्जा परिवार दक्षिण कोरिया को बुसान किम्हेको क्षत्रीय अधिबेशन गत 21 अगस्ट आइतबार बुसान YMCA हलमा सम्पन्न भयो । अधिबेशनबाट राजेन्द्र लामिछाने अध्यक्षमा चयन भएका छन भने उपाध्यक्ष मा सुजन गुरुङ कोषाध्यक्ष मनोज थापा सदस्यहरु यमनाथ न्योपाने , चित्र बहादुर गाहा, विकास राना, विक्रम कुवर र विशाल रानाभाट लाई निर्बिरोध चयन गरेको छ।
यस्तै सल्लाहकार मा प्रशन्न पौडेल , नवराज वाग्ले, युवराज तिवारी , छविन राना र मान बाहादुर क्षेत्री चयन भएका छन । उक्त कार्यक्रम मा प्रमुख अथिती स्याङ्जा परिवार दक्षिण कोरिया का अध्यक्ष धर्म गुरुङ, विशेष अथिती केन्द्रिय सह सचीव भक्त थापा र सक्रिय सदस्य युवराज गुरुङ रहेका थिए । नब गठित कार्यसमिति लाई पद तथा गोपनियता को सपथ केन्द्रिय अध्यक्ष धर्म गुरुङ ले खुवाएका थिए । त्यसै गरि कार्यक्रम मा बुसान क्षेत्र समयोजक प्रशन्न पौडेल सदस्यहरु युवराज तिवारी नवराज वाग्ले र छबिन राना ले नब गठिथ कार्यसमिति लाई बधाई तथा सुभकामना व्यक्त गरे ।