किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन हुने
सउल
प्रवासमा रहेका सम्पूर्ण किरात राईहरुको हकहित तथा एकताका लागि स्थापित किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन यहि अगस्ट २८ तारिखमा हुने भएको छ । उक्त कुराको जनाकारी उपाध्यक्ष बालकृष्ण बान्तवाले दिएका हुन् ।
सउलको दोङदेमुनस्थित नेपाल हाउसमा हुन लागेको सो अधिवेसनमा दक्षिण कोरियामा रहेका बिभिन्न क्षेत्रिय् ,राजनैतिक र सामाजिक संघ संस्थाका प्रतिनिधीहरु र कोरियामा कार्यरत राई दाजुभाइ दिदीबहिनी , पत्रकार , बिध्यार्थी ,ब्यापारी लगाएत सम्पूर्ण कोरिया बासि नेपालीहरु लाई उपस्थित हुन किराँत राई यायोख्या द्क्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।