सोल – विवेकशील नेपाली दल कोरियाको प्रथम अधिबेशन सेप्टेम्बर १६ (छुसकको तेस्रो दिन ) मा हुने भएको छ विवेकशील नेपाली दल कोरियाले सूचना प्रकाशित गरि सो कुराको जानकारी गराएको हो । बिज्ञप्तिमा भनिएको छ “विगत ४ वर्षदेखि देशमा सुसंस्कृत राजनीतिको अभ्यास गर्दै हाम्रो आफ्नै जीवनकालमा शान्त र सम्वृद्ध नेपाल बनाउने उद्देश्यतर्फ क्रियाशील विवेकशील नेपाली दलको दक्षिण कोरिया स्थित अन्तर्राष्ट्रिय इकाइ ” विवेकशील नेपाली कोरिया ” को नेपाल हाउसमा मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रममा कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु साथै संघसंगठनका प्रतिनिधिहरुलाई उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गरेको छ ।