कोरियामा तीज मनाउदै, थेगुमा लोकदोहोरी गायिका सुनिता दुलाल आउने
थेगु, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नेपालमा मात्र नभइ विदेशमा बस्ने नेपाली दिदी बहिनीहरुले पनि धुमधामका साथ मनाउदै आएका छन् । भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबार पर्ने तीज दक्षिण कोरियाको थेगु शहरमा भने लोकदोहोरी गायिका सुनिता दुलालका साथ मनाइने भएको छ ।
नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाइलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालीहरुलाई नचाउन गायिका दुलाल कोरिया आउने भएकी छिन् । थेगु क्यम्यङ देहाक्यो सङस मा मध्यान्ह १२ बजेदेखि सुरु हुन लागेको रमाइलो तीज कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । कोरियामा प्रत्येक वर्ष सबैभन्दा उत्कृष्ट तीज मनाउदै आईरहेको थेगु क्षेत्रमा कार्यक्रमलाई सफल बनाउन यस क्षेत्रमा धेरैको संख्यामा रहेका नेपाली चेलीहरु समेत सकृय भएर लागेका छन । कार्यक्रमलाई सफल बनाउन आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था र समुदायमा हार्दिक अपिल समेत गरेको छ ।
त्यसैगरी वुमन फर वुमनले पनि आइतबार सोलस्थित नेपाल हाउसमा तीज मनाउने भएको छ । कोरियामा रहेका नेपाली दिदिबहिनीहरुलाई आफनो संस्कृति र धर्म जोगाईराख्न परदेशमा समेत नेपालमा भएको भान गराउन यो कार्यक्रमको आयोजना गरिएको वुमन फर वुमनकी अध्यक्ष मल्लिका थकालीले बताईन् । उनले सो दिन कोरियामा रहेका सम्पुर्ण दिदिबहिनीलाई उपस्थित हुन आग्रह गर्दै उक्त दिन कुनै पनि संघसंस्थाले कार्यक्रम नजुधाइ दिन पनि आग्रह गरेकी छिन् । ।