कोरियामा खुला गजल बाचन गरिने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा बढ्दो नेपाली संख्या संगै साहित्य कर्मी र प्रेमीहरु पनि बढ्दो छ । त्यसैले सहित्यीक कोरियामा साहित्यीक गविविधी पनि बढ्न थालेका छन् । यसैक्रममा भोली आइतबार सउलमा खुला गजल बाचन कार्यक्रम हुन लागेको छ ।
नेपाली सहयोगी हातहरु (Nepali Helpful Hands, NHH ) ले आयोजना गर्न लागेको यस कार्यक्रममा गजल सर्जकहरुलाई आ आफ्नो सिर्जनसहित उपस्थित भई गजल सुनाइदिन आग्रह समेत गरेका छन् । त्यस्तै गजल प्रेमीहरुलाई पनि कार्यक्रममा उपस्थीत भई साहित्य सिर्जनालाई साथ र हौसला बढाईदिनहुन अनुरोध गरेका छन् । कार्यक्रममा उपस्थित भई गजल वाचन गर्ने सर्जकहरुलाई मायाको चिनो स्वरुप उपहार पनि प्रदन गरिने आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा यो संस्थाले विगतमा गर्दै आएका विभिन्न गतिविधी बारे जानकारी गराउने र आगामी दिनमा गरिने कार्यक्रमहरुबारे राय सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम पनि गरिने भएको छ । यस संस्थाले विगत २०१४ सालमा स्थापना भई खेलकुद तथा साहित्यीक गतिविधी गर्दै आएको आयोजनकले जनाएको छ ।