किरायु कोरियाको नेतृत्वमा बालकृष्ण बान्तवा
फोनिज कोरिया संवाददाता
सउल
किरात राई यायोक्खा दक्षिण कोरियाके आइतबार सउलमा सम्पन्न १२ औ अधिवेशनले सर्वसम्मतमा बालकृष्ण बात्तवालाई अध्यक्ष घोषणा गर्दै नेतृत्व सुम्पेको छ ।
अधिवेशनले चयन गरेका १५ सदसीय नयाँ कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा नुहांग राई र उपाध्यक्ष द्धयमा सिता राई बुसानको लागि सुजित राई चयन भएका छन् । त्यस्तै हांखिम राई महासचिव , पदम दुवि राई सचिवमा र धनुजा राई कोषाध्यक्षमा चयन भएका छन् ।
साथै सदस्यहरुमा दर्गाकला राई , सम्झना राई , प्रणामा राई , दुर्गा बहादुर राई, सन्तोष कुमार राई , श्याम कुमार राई , दिपक राई र समुन (तुल) राई रहेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानको प्रमुख आतिथ्यमा सम्मपन्न कार्यक्रममा संस्थालाई विषेश सहयोग पुराउने प्रवासी मजदुर संघका अध्यक्ष उदय राई , प्रवासी मजदुरका सहयोगी गीता राई , चित्रकार बाबु साइला तथा सल्लाहकार एनआरएन कोरियाका सल्लाहकार ध्यान राई र नेपाली सम्पर्क समितीका पूर्व अध्यक्ष लोचन राईलाई सम्मान गरिएको थियो । साथै संस्थाले अहिलेसम्म गरिएको गतिवीधी बारे जानकारी पनि गराइएको थियो ।