कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई
सउल
कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको माछापुच्छ्रे रनिङ शिल्ड पुरुष महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दि प्रवासि संघ (मोना ) ले चुमेको छ ।
पुरुष भलिबलको फाइनल खेलमा बागलुङ सम्पर्क समिती संग कडा प्रतिस्पर्धाका बिच उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।
खेलको पहिलो सेट बागलुङले जिते पनि दोस्रो र तेश्रो सेट लगातार म्याग्दिले जितेर उपाधी सुनिश्चित गर्यो । यश अघिका खेलहरुमा उपाधि चुम्दै आएको बागलुङ यसपाली उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । म्याग्दिले सेमिफाइनल उपाधिको अर्को दाबेदार मानिएको कास्किलाइ र बागलुङले नेपाल मगर संघलाइ हराएको थियो।
बिजयि टिम म्याग्दिले १२ लाख वन, रनिङ कप र मेडल हाता पारे । उपबिजयी बागलुङले ९ लाख वन , कप र मेडल प्राप्त गरे। सान्त्वना पुरोस्कार कास्की र नेपाल मगर संघले प्राप्त गरे । प्रतियोगितामा उत्कृस्ट खेलाडि बागलुङका लोकेन्द्र भट्टचन र डिफेन्स तर्फ कास्किका गोपाल पुन छनौट भए ।
३५ बर्ष माथि उमेर समुहका पुरुष बिच पनि प्रतिस्पर्धा गराई खेलप्रति सबैको सहभागीता र महत्त्वलाई उजागर गरिएको थियो । ३५ बर्ष माथिको खेलले केहिबेर रमाइलो बनाएको थियो
त्यस्तै ३ टिमको सहभागिता रहेको महिला भलिबलको उपाधि पनि म्याग्दीले चुमेको छ । दोस्रो पुन समाज बन्यो ।
एनआरएन आइसिसि प्रतिनिधि बिनोद कुवरले प्रतियोगिताको उद्घाटन गर्दै प्रवासमा खेल मार्फत नेपाली बिचको सम्बन्ध अझै प्रगाढ बनेकोमा खुसि ब्यक्त गरे । कार्यक्रम कास्की परिवारका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । बिबाद रहित र सौहार्दपुर्ण तबरले कार्यक्रम सम्पन्न भएको पनि अध्यक्ष गुरुङले बताए ।