संस्थाका अध्यक्षदेखि विद्यार्थीसम्म नयाँ शक्तिमा प्रवेश
दक्षिण कोरिया, नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तर्राष्टिय नेपाली समाज दक्षिण कोरियाले सेक्टेम्बर १६ मा आयोजना गर्न लागेको वृहत खुला भेला तथा अन्तरक्रिया कार्यक्रमसँगै कोरियामा रहेका नेपाली युवाहरु नयाँ शक्तिमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विगत दुई दशकदेखि कोरियामा रहेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जनाउदै आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको दुई कार्यकालसम्म अध्यक्ष पद सम्हालिसकेका भक्त शेरचन पनि हालै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी सउलस्थित सेजोंग विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका गोविन्द अधिकारी पनि नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।
यहि अगस्ट २८ तारिक आइतबारका दिन “नेपाल हाउस” सउल मा बसेको नयाँ शक्ति कोरियाको सचिबालय पदाधिकारी हरुको बैठकले शेरचन र अधिकारीलाइ औपचारिक रुपमा आफ्नो संगठनमा स्वागत गरेको हो l नयाँ शक्ति कोरियाका संयोजक हेमन्त पुन ले दुवै जनालाई खादा ओडाएर संगठनमा स्वागत गरेका थिए l
जनजाति महासंघ कोरियाका पूर्व अध्य्क्ष्य शेरचन म्याग्दी समाजका सल्लाहकार,थकाली समाज कोरियाका संरक्षक, एन सी सी कोरियाका सल्लाहकार,र म्याग्दी समाज कोरियाका सल्लाहकार रहेका छन् l
शेरचन र अधिकारीको पार्टी प्रवेशलाइ लिएर नयाँ शक्ति कोरियाका प्रबक्ता जिबन बिश्वकर्माले एक बिज्ञप्ति जारि गर्दै उहाहरुको आगमनले आम युबा बर्गलाई थप उर्जा मिलेको जनाएका छन् l राष्ट्रलाइ आर्थिक समृद्दि तर्फ लैजान सचेत युवाहरु एक हुने क्रम जारी संगै उहा हरुको आगमनले संगठन ओजिलो बनेको छ भने क्रियाशील युबा हरुमा थप उर्जा मिलेको विज्ञप्तिमा जनाइएको छ ।