कोरियामा नेपाली सहयोगी हातहरुको गतिविधी
फोनिज कोरिया संवाददाता
सउल
कोरियामा रहेका नेपालीहरुवीच गठित विभिन्न संस्थाहरुमध्ये एक नेपाली सहयोगी हात (एनएचएच)ले हालसम्म गरेका आफ्ना परोपकारीकामहरुलाई आइतबार सार्वजनिक गरेका छन् । सउलको दोइदेमूनमा गरिएको कार्यक्रममा संस्थाका गतिविधी र हासम्मका कामहरु सार्जजनिक गरेका हुन् ।
संस्थाले सिन्धुपाल्चोकका पहिरो पीडितलार्य एक लाख रुपिया सहयोग गर्नुका साथै धादिइ०का भूकम्प पीडितलाई ५६ बण्डेल जस्ता र विद्यार्थिहरुलाई ज्याकेट, कापी र कलम वितरण गरेको संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेश तामाइ०ले बताए । सन २०१४ मा गठित यस संस्थामा हालसम्म २३ लाख १ हजार वन कोषमा रहेको जनाएका छन् । जसमा १७ लाख ५० हजार वन आपतकालीन कोषमा रहेका छन भने ५ लाख ५१ हजार वन संस्थाको विकास कोषको लागि छुटाएको भन्दै आर्थिक पारदर्शी गरेका छन् ।
सामाजिक तथा आर्थिक सहयोग कार्यमा सक्रियता रहने संस्थाको मुख्य उद्येश्य रहेको भन्दै फुटबल टिम बनाउनका साथै देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत गरेको जनाएका छन् । एनआरएन कोरियाका उपाध्यक्ष तथा महिलाका लागि महिलाका पूर्व अध्यक्ष जुनु गुरुइ०को प्रमुख आतिथ्य रहेको कार्यक्रममा कार्यक्रम संचालिका सपना सुनुवारलाई कोरियाको बसाई अवधि सकेर यसै वर्ष नेपाल फर्कन लागेकोमा विदाई र संस्थालाई सहयोग गरेकोमा धन्यवाद स्वरुप सम्मान गरिएको थियो ।
साथै संस्थाका अध्यक्ष राजु कुमार राउतको अध्यक्षतामा गरिएको कार्यक्रममा साहित्यीक सर्जकहरु सरोज सवहार, छविशित कुलुइ० र कमल परियारलगायत १० जनाले गजल वाचन गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको थियो ।