डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोको साहित्यिक भेट्घाट
सुब्बा डम्बर- डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोले साहित्यिक भेट्घाट तथा रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।छरिएर रहेका साहित्यिक स्रस्टाहरुलाइ एकीकृत गर्दै ओझेलमा परेका सिर्जनसिल प्रतिभाहरु उजागर गर्ने उदेस्यको साथ कार्यक्रम आयोजना गरिएको हो ।उक्त कार्यक्रम कोरियाको गजेदो स्थित दोङमुन अपार्टमा आइतबारको दिन भएको थियो ।
उक्त कार्यक्रममा १२ जना स्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,अमर कार्की,प्रकाश रिजाल,टिकाराम उपाध्य ,अधुरो यात्री ,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस पाठक,सेसेहाङ सेर्मा र अन्सुबर्मा लिम्बुले गजल र कबिता बाचन गर्नु भएको थियो । स्रस्टाहरुको गजल र कबितामा देस छोड्नुको पिणा ,बर्तमान देसको राजनिती र उत्पीडित समुदायको आवज सम्म गुन्जिएको थियो। कार्यक्रमलाई अझ रोचक अमर सुनुवारको मिठो गित र भरत सुबेदिको क्यारिकेचरले बनाएको थियो ।
कार्यक्रमको प्रमुख अथिती डेउ नेपालि एकता समाजको अध्यक्ष मोहन पन्डित रहनु भएको थियो भने सभापतिमा कार्यक्रम संयोजक अन्सुबर्मा लिम्बु रहनु भएको थियो । र अन्य अथितिमा डेउ नेपाली एकता समाजको अग्रज सल्लाकारहरु रहनु भएको थियो ।प्रमुख अथितिले छोटो मन्तब्य राख्नु हुँदै यस्तो साहित्यिक कार्यक्रम कोरियाको अन्य छेत्रमा धेरै हुने भएपनी गजेदोमा पैलो चोटि भएकोमा खुसी लागेको र आउने दिनहरुमा अझ व्यापक र निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रम सन्योजक अन्सुबर्मा लिम्बुले छोटो मन्तब्य राख्नु हुदै उपस्थित सबैमा धन्यबाद दिनुभयो र यसरिनै प्रत्येक महिनाको अन्तिम आइतबार कार्यक्रम हुने जानकारी गराउदै उक्त कार्यक्रममा पनि उपस्थित भै दिन आग्रह गर्नु हुदै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम डम्बर सुब्बाले सन्चालन गर्नु भएको थियो ।