अमूल्य यो जिन्दगी
आधा भरिएको त्यो गाग्रो जति
त्यसैले कराउछौ अहो ! उफ्री उफ्री
जान्ने जनाउन भयो हर्कट अनेक अति
खैं कहिले बन्ला हाम्रो यो बिग्रेको मति !!
किनकी हामीमा मनमा थियो जो छट्पटी
भुल्यौ हामी यसरी हिलो देखी भई खटपटी
फुले त्यै हिलोमै टेकी कमल फूल बनि कति
उठे यै धर्तीमै टेकी बने महामानव कति !!
न त गर्न सके मैले कतै केही प्रगति
मात्र बुझ्यौ यहाँ एकअर्कालाई कपटी
यसरी नै बित्यो अहो ! अमूल्य यो जिन्दगी
त्यसैले भयो यहाँ हाम्रो यो दुर्भाग्य, दुर्गति !!