दिदी


मैया दिदी । घरकी जेठी छोरी । ज्यान परेकी । खाइलाग्दी । ज्यान मात्र होइन पढाई पनि खुब राम्राथ्यो । अक्षर पढाउने मास्टरका भन्दा पनि राम्रा । कक्षाका पाठ सबै जान्ने । विद्यार्थीका बीचमा दिदी जहिले पनि फस्ट । जान्ने भएरै दिदीलाई स्कुलले बर्षको पैसा दिन्थ्यो पाँच सय । छात्राबृत्ति ।
छोरी हुनु त मैया जस्ती । कुरा हुन्थ्यो गाउँमा । मलाई चाही घरमा पनि स्कुलमा पनि दिदीले खुब माया गर्ने । पढाई लेखाईमा पनि सहयोग हुने ।

•••
स्कुल घर देखि आधा घन्टा ओरालो झरे पछि पुगिन्थ्यो । स्कुलमा कक्षा कोठा थिए । न बस्ने टेबुल बेन्च थिए न झ्यालढोका । कक्षामा बस्नका लागि साना साना फल्याक हुन्थे । आआफ्नो । अलि मेहनत गर्नेहरुले दुई पटि ढुङ्गा राखेर त्यसमा फल्याक राख्थे । आफ्नै बलबुताले बेन्च बनाइन्थ्यो । त्यसमा बस्नुको छुट्टैथ्यो । खुट्टा तल झारेर बस्न पाईन्थ्यो ।
फल्याकमा मात्र बस्दा खुट्टा खुम्च्याउनु पर्ने । धेरै बसेपछि ढाड दुख्ने । त्यसैले मैले पनि एक दिन ढुङ्गे बेन्च बनाउने सुर कसेँ । एक बजे हाफ छुट्टी हुन्थ्यो । एक घन्टा खेल्न पाइने । अरु दिन तुतु खेलिथ्यो । गेम खेलिन्थ्यो । नभए पनि स्कुल पछाडी चिप्लेटी खेलिथ्यो । त्यो दिन म ढुङ्गा खोज्न निस्किएँ ।
स्कुल छेउमा सानो खोलाथ्यो । खोलामा ढुङ्गा खोज्न थालियो । खोला भरि ढुङ्गै ढुङ्गा छन् । पानीले चिप्लो न चिप्लो । राम्रो लागेको ढुङ्गा बोक्न खोज्यो हल्लिदैन । बल पुगेपो । फेरी अर्को हेर्यो । हल्लाउन खोज्यो । फेरी बल पुग्दैन । लाको लुगा भिजेर मुसा बनेको छ । खोजेको जस्तो ढुङ्गा छ बोक्न सकिएन । बोक्न सक्ने पाउँदै पाइएन । हरेस के खानु । एउटा भएन अर्को । अर्को भएन अर्को । समय कति भो ? पढाई के भो ? वाल मतलाब ।
दिदी पाँचमा पढ्थिन् ।
भाइ खोई ? दिदीलाई मास्टरले सोधेछन् ।
थाहा छैन सर । कोठामा छैन ? उल्टो दिदीले सोधिछन् ।
छैन । जाउ कता गयो । खोज । दिदीलाई मास्टरको आदेश भएछ ।
दिदीले भाइ खोज्नु पर्ने भो । साथीहरुलाई सोधिन् । थाहा छैन । स्कुल भरि खोजी भो । कसैलाई केही पतो छैन । भेट्तै नभेटे पछि घर भाग्यो होला । दिदीले ठानिन् ।
स्कुल छुट्टि भो । घर जाने बाटो खोला नजिकै बाटथ्यो । दिदीले मलाई देखिछन् ।
लुगा भिजेको छ । ढुङ्गा छोएको छ पल्टाको छ । बोक्न खोजे जस्तो गरेको छ । के खोजेको ? दिदी हेरेको हेर्यै । अचम्मै । के गरेको के ? दिदीले मेसो पाउने कुरै भएन । आफूलाई बस्ने बेन्चको हतारोथ्यो । बाहिर तिर हेर्ने फुर्सत कता ?
होई । ठूलो स्वरले दिदीले कानमै कराईन ।
डरले सातो गो । हेर्छु दिदी । झोला बोकेर घर पो जान लागेकी । लौ फसाद । स्कुल छुट्टी भएछ ।
के गरेको ? दिदीले अलि ठूलो स्वरले भनिन् ।
ढुङ्गा । सानो स्वरले बोलेँ ।
के खोजेको ?
ढुङ्गा । दिदीले नसुन्ने स्वरमा भनेँ ।
पढ्न आको कि ढुङ्गा खोज्न ? म आमालाई भन्दिछु । पढ्नु सढ्नु छैन । दिदीले रिस पोखी ।
म खोलामै उभिएको उभिएकै । मनथ्यो अझै ढुङ्गा खोज्ने । मिल्ने र बोक्न सक्ने ढुङ्गा लगेर खुट्टा तन्काएर बस्न मिल्ने बेन्च बनाउने । यी दिदी बेकारमा यत्रो मेहनत खेरे फाल्न आई ।
निक्लिन्छस् कि थप्पड दिउँ ? दिदी चिच्याई ।
केही भनुँ । थप्पड भेट्ने डर । भयो । गल्ति आफ्नै छ । मन नभई नभई नै बाहिर निस्किएँ । आफ्नो झोला बोकेँ ।
दुई चार पाइला हिडे पछि दिदीले सोधिन किन चाहियो ढुङ्गा ?
रुन्चे स्वरले भने बेन्च बनाउन ।
दिदीले केही भनिनन् ।
घर पुगियो । दिदीले आमालाई ढुङ्गाको कुरा भनिन् भने आज झाप्पु खाने दिन हुन्थ्यो । छोराले पढ्ला ठूलो मान्छे बन्ला । सपना ठूलोथ्यो । छोरा पढ्न छाडेर खोलामा ढुङ्गा खोजेर बस्छ । खोलामा पसेर बस्नेले जिन्दगीमा के प्रगति गर्नु । आमाको रिस नथाम्नु हुने थियो । त्यस पछि गालामा चड्कन कति पर्ने हो । ढाडमा असारेको लौरो कति पर्ने हो ? डरले पानीले भन्दा बढि भिजेँ ।
के भएर भिज्यो यो ? घर पस्न नपाउँदै आमा जङ्गीइन ।
पानी खान जाँदा चिप्लेर लड्या । सानो स्वरमा मैले ढाँटे ।
दिदी अघि नै घर भित्र पसिछन् । आमाले दिदीलाई सोधे पनि कुटाई खाइने । दिदीले झन खोलामा खेलेर बसेको कुरा गरे त भन्नै परेन ।
शायद दिदीले केही भनिनन् । बचियो ।
भोलि पल्ट एक बजे । दिदी मेरो कक्षामा आई ।
बेन्च बनाउने ?
सके पो बनाउनु ?
लु आइज । दिदीले खोलामा मलाई पनि लगि । मैले नसेकेको ढुङ्गा दिदीले एकै पटकमा बोकि । दिदी भनेको त्यसै होइन रहेछ । मैले लख काटेँ । बलियो भएर पो दिदी हुने रैछ । मेरो बेन्च तयार भो । म पनि अरु साथीले झै खुट्टा हल्लाएर बस्ने भएँ । मेरो सान अर्कै भो । भुँइमा बस्नेबाट खुट्टा हल्लाएर बस्ने भएँ ।
स्कुलमा झरी बिदा भो । बिदा पछि स्कुल खुल्यो । म दुई दिन स्कुल गइन । जाँदा त फसाद पारे । साथी भनौदाहरुले  मेरो बस्ने ठाउँमा कप्जा गरे छन् । त्यत्रो मेहनतले बनाको ।
ओई मेरो ठाउँमा किन बसेको ?
तेरो नाम लेखेको छ ?
छ । मेरो दिदीले बनाई देको ।
तेरो दिदी बलियो छ । अर्को ठाउँ बना न त ?
मेरो ठाउँ छोड्छस कि छोड्दैनस् ?
छोड्दिन । के खुत्याउँछस् ।
निहु खोज्ने केटा म भन्दा बढि उमेरकोथ्यो । बलियो पनि । आफ्नो ठाउँ कब्जा भए पछि रिसले केही देखिन् । साथी अग्लोथ्यो । होचो होचो पो देख्न थालेँ । कसो कसो आँखाबाट रिसको आँशु र हात सँगै चल्यो । कच्याक । हातले केटाको नाकमै लागेछ ।
म भन्दा बलियो उहीथ्यो । मैले एक पन्च त हाने । उसको पनि रिस के कम । झ्याम कि झ्याम । मलाई बजायो । पहिले रिसले रोएको म अब दुखेर रोएँ ।
कता कताबाट दिदीलाई भाइलाई कुट्दैछ भन्ने सुनाइ दिएछ । दौडेर दिदी आई ।
दिदीले त्यो केटालाई एक थप्पड हिर्काए जस्तो लाग्छ । केटा फलक्कै ढल्यो । दिदी रिसाएर गाली गर्दै अझ कुट्न लाग्दै थिइ । मास्टर आए । दिदीलाई कक्षामा पठाए । केटालाई पानी छरेर होस आयो ।

•••

त्यस पछि मेरो दिन फिर्यो । मैले जे गरे पनि छुट भो । कक्षामा म फुच्चे दादा । कसैले केही गर्यो कि दिदी छ । जता बसे पनि छुट । जसलाई जे भने पनि छुट । मेरो त के बल थियो र ?
दिदीसँगका रमाइला सम्झना धेरै छन् । यो तिजमा दिदीले दाजुभाइ(माइती)लाई सम्झने । दर खाने । रमाइलो गर्ने समय । सबै दिदी बहिनीलाई तिजको शुभकामना ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...