कोरियाली संस्था सेगिलबाट पोखरामा स्वास्थ्य शिविर सम्पन्न
फोनिज कोरिया संवाददाता
सउल
कोरियाका समाजसेवी लक्ष्मी गुरुइ०को पहलमा पोखराको निर्मल पोखरी गाउँमा तीन दिने स्वस्थ्य शिविर सम्पन्न गरेका छन् । कोरियाली संस्था सेखिलको सहयोगमा गएका कोरियाली चिकित्सक र गण्डकी अस्पताल पोखराको चिकित्सहरुको टोलीले शिविर संचालन गरेका थिए ।
शिविरमा बालकदेखि बृद्धसम्मका स्थायिन बासिन्दालाई स्त्री रोगदेखि हाड जोड्नी सम्बन्धी र दन्त चिकित्सा सम्मको सेवा उपलब्ध गराइएको थियो । शिविरमा विषेशगरी कोरियाली चिकित्सकबाट नाक, कान र घाटी सम्बन्धी सेवा उपलब्ध गराएको संगै नेपाल पुगेकी गुरुइ०ले जानकारी गराए । गाउँ आसपासका गरी ६ सय भन्दा बढी स्थानियको स्वस्थ्य जाच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।
कोरियाली संस्था सेगिलले स्थानिय चार विद्यालयलाई एक एक थान गरी चार वटा कम्पुटर र विद्यार्थिहरुलाई आवश्यक सामग्री पनि वितरण गरेका छन् । साथै काठमाण्डौ स्थित जुनु पुनको एकीकृत सृजनशिल अनाथलयलाई रु. ५० हजार नगद र आवश्यक सामग्री प्रदान गरिएको छ ।
एनआरएन कोरियाका उपाध्यक्ष र ओमेन फर ओमेनका सल्लाहकार समेत रहेका गुरुइ० आफ्नै खर्चमा नेपाल पुगी विपन्न वर्गलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । दोइ०देमुनमा व्यवसाय गर्दै आएका गुरुइ०ले कोरियामा नेपाल र नेपालीहरुलाई आपत विपद परेका बेला र विरामीहरुको सहयोग गर्दै आएका छन् ।