कोरियाको जनसंख्या ५ करोड नाघ्यो ,युवाको भन्दा बृद्वको संख्या बढ्दो
सउल
पछिल्लो जनगणना अनुसार कोरियाको जनसंख्या बढ्दो क्रममा रहेको कोरियान संचारमाध्यमले जनाएको छ । बुधबार प्रकाशित सरकारी तथ्यांक अनुसार यहाको जनसंख्या ५१..०७ मिलियन अथवा ५ करोड भन्दा माथि पुगेको छ । यो अनुपात यसभन्दा पहिला सन् २०१० को तथ्यांक भन्दा २.७ प्रतिशत बढि हो । औसत एक स्क्यार किलोमिटर बराबर ५ सय ९ जनाको जनसंख्याको चाप रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै सबैभन्दा धेरै ४९.५ प्रतिशत जनासंख्या राजधानी सोलमा रहेको उल्लेख छ भने दोस्रोमा २४.४ प्रतिशत ख्यान्गीदोमा र सबैभन्दा कम दक्षिणी ग्याङ्सांङ्ग प्रान्तमा ६.५ प्रतिशत छ ।
उक्त तथ्यांकले १४ वर्ष मुनिका बालबालिकाको बृद्दी अनुपात घद्दो देखाइएको छ भने ६५ बर्षभन्दा माथिका बृद्व बृद्वाको संख्या भने बढ्दो देखाएको छ । यहि अबश्था क्रमिक रुपमा रहेमा सन् २०१८ देखि कोरियामा काम गर्ने उमेर समूह (१५ बर्ष देखि ६५ वर्ष ) को जनसंख्या घट्न सक्ने जनसंख्या विद हरुले अनुमान गरेका छन् ।
कोरियाले परत्येक ५ / ५ बर्षमा जनसंख्याको तथ्यांक राख्ने गर्दछ । पछिल्लो पटक सार्बजनिक गरेको तथ्यांक सन् २०१५ सम्मको को हो । यस भन्दा पहिले सन् २०१०मा कोरियाले जनसंख्याको तथ्यांक उतारेको थियो । जनसंख्या बृद्दी अनुपातलाइ हेर्दा सन् २०१० देखि सन् २०१५ बीचमा सबैभन्दा उच्च रहेको छ ।