कोरियामा रहेका ओखलढुंगेलीहरुको सेप्टेम्बर १७मा दिवाभोज तथा भेटघाट कार्यक्रम
श्रीराम तमु
सउल
नजिकै आउदै गरेको कोरियन पर्वको अवसरमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले दिवा भोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।
हरेक साल छुसकको अवसरमा कोरियामा रहेका ओखलढुंगेलिहरु बिच हुँदै आएको समाजको दिवा भोज तथा भेटघाट कार्य्क्रम यसपाली सौलको तुन्देमुन नजिकै दुम्यो आफ स्टेशन लाइन न १ को गेट न। ५ को अगाडि रहेको नमस्ते रेस्टुरेन्टमा बिहान को ११ बजे देखि शुरु हुनेछ।
विविध स्वादिष्ट नेपाली परिकारको साथमा हुने उक्त कार्यक्रममा संंस्थांको गतिविधी , आय व्यय तथा भावी कार्ययोजनाहरुको बारेमा छलफल हुनेछ। यसको साथै संस्थामा नव आगन्तुक तथा कार्य अवधी पूरा गरि स्वदेश फर्कने ओखलढुंगेलिहरुलार्इं स्वागत तथा विदाइ गरिनेछ। विभिन्न पेशा र व्यवसायमा आवद्ध कोरिया रहनु हुने सम्पुर्ण ओखलढुंगेलिहरुलाइ कार्य्क्रममा उपस्थित भैदिनु हुन समाजले हार्दिक अनुरोध गरेको छ।