कोरियाको प्रवासी मजदुर बारे जानकारी मूलक पुस्तक
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा नेपाली कामदारको वास्तविक अवस्थाबारे जानकारी मूलक पुस्तक यही छुसकमा कोरियामा विमोचन गरिने छ । थ्री डि कोरियाको वास्तविक्ता नामक सो पुस्तकलाई कोरियामा काम गर्न आएका आन्गिरा प्याकुरेलले तयार पारेका हुन् । सो पुस्तक सेम्टेम्बर १५ तारिख झापा मिलन समाजको कन्काई सांगीतिक सौगात कार्यक्रममा नेपाली साहित्य समाज दक्षिण कोरियाले विमोचन गर्ने भएका छन् ।
पुस्तकमा कोरियामा हुने बिभिन्न किसीमका समस्या अनि बढदो आत्महत्या दुर्घटना र भोगाइ अनि अनुभवलाई समेटेको लेखकले बताए ।
पुस्तकमा इपिएस कोरियाका निर्देशक डिल्लीराम बास्तोला, पूर्व श्रमसहचारी अनिल गुरुइ०, प्रवाशी श्रमिक नेता उदय राईका सुझावमूलक लेखहरु पनि समेटिएको छ । साथै कोरियामा रहेको विद्यार्थिहरुबारे नेतृ इन्दिरा तिवारीको लेखदेखि कोरियामा विवाह गरेका महिलाहरु बारे पनि जानकारी मूलक लेख रहेको छ ।
पुस्तक प्रकाशनका भार लेखक आफैले व्यहोरेका यस पुस्तक विक्रीबाट आउने रकमको २५ प्रतिसत रक़म बृद्धआश्रामको लागि सहयोग गरिने छ । यस पुस्तकको आवरण चित्र कोरियामै रहेका चित्रकार बाबुसाइलाले निशुल्क उपलब्ध गराएका हुन भने पुस्तक कोरिया ल्याउन इपिएस कार्यलयले सहयोग गरेको लेखकले जानकारी गराए ।