फस्ट फिल्म


[email protected]

‘फिल्म हेर्न जाने हो सम्धी ।’
‘नजाने सम्धी ।’
‘जाउँ न जाउँ सम्धी ।’
‘आमालाई के भन्नु ?’
‘म कुरा मिलाउँला नी सम्धी आनी(फुपू)लाई त ।’
‘अनि सम्धी मसँग त पैसा पनि छैन ।’
‘मसँग छ नी सम्धी । चिन्ता नगर न ।’
मेरै उमेरको मामाको छोराथ्यो । तामाङहरु कुटुम्ब पर्नेलाई सम्धी भन्छन् । मामाफुपूको छोराछोरीको बिहेबारी चल्ने भएकोले मामाको छोरा र म कुटुम्ब । अनि सम्धी सम्धी ।
‘हुन्छ नी त सम्धी । सम्धीले भने पछि ?’

मामा घरमा गएको बेला पाएको मौका के गुमाउनु । जिन्दगीमा यो भन्दा पहिला फिल्म हेरिएकै थिएन । फिल्मका कुरा सुनिएको थियो । काकाको छोरा उमेरले दाइ । धेरै समय काठमाडौतिर बस्थ्यो । जब गाउँमा आउँथ्यो पुरै हाउहाउमा फिल्मका कुरा सुनाउँथ्यो । कहिले हात उठाउँथ्यो । कहिले खुट्टा उचालेर हिर्काएको भाव ल्याउँथ्यो । फ्याट् हिरोनी रोडमा । पछि पछि गुन्डा । बिस्तारै बिस्तारै हिरोनी हिड्छ । गुन्डा मान्छे नभाको ठाउँमा हिरोनीलाई हातपात गर्न खोज्छ । बचाउ बचाउ । हिरोनी कराउँछ । त्यति नै बेला फ्याट हिरो उडेर आउँछ । गुन्डालाई भर्कुनु भर्कुछ । अनि हिरोनीलाई बचाउँछ । हिरा हिरानीको लभ पर्छ ।
यी दाइका फिल्म फरक फरक हुन्छन् । कथा उस्तै । हिरो हुन्छ । हिरोनी हुन्छ । बीच बीचमा गुन्डा हुन्छ । अनि लभ पर्छ । यस्तो लभ पर्ने फिल्म हेर्न पाए पो । जहिल्यै यी दाइको हाउहाउको फिल्म कति हेर्नु ? साँच्चैको फिल्म हेर्न पाए पो ।
••••

मान्छे  मात्र छिर्ने बाटो छ । फोहोर नै फोहोर ठाउँ । गन्ध त्यस्तै । फोहोरकै छेउमा टिनको लामो कटेरा छ । कालिञ्चोक हाइभिजन हल ।
‘लौ सम्धी यही हो फिल्म हल ।’
अघि सम्म हिरो हिरोइन भेटाइने ठाउँ अलि सफा सुग्घर चिटिक्क होला भनेको । गनाको ठाउँमा फिल्म हल । जे भए पनि उत्साह छ मन भरि । हिरोले गुन्डालाई लात हानेको हेर्न पाइने ठाउँ न छ ।
सानो फलामे झ्याल । भित्र मान्छे दुई जना बसेका छन् । पैसा हातैमा बोकेका । झ्यालमा साना साना हात मात्र छिर्ने प्वाल छ । झ्याल छेउमा पुगेर मामाको छोराले टिकट माग्यो ।
‘कुन टिकट ?’
‘जुन भए पनि फिल्म हेर्ने ?’
‘स्पेशल टिकटको १४ रुपैया । ड्रसकल टिकटको २० रुपैया ।’
‘दाइ स्पेशल नै दिनुस ।’
टिकटको पैसा तिरेर सम्धी म तिर आयो ।
‘लु सम्धी राम्रो फिल्म छ । सिमारेखा । छिटको गुन्यु भन्ने गीत भाको के सम्धी ?’
पहिलो पटक फिल्म हेरेको जे भए पनि के भो र ? मनमा यस्तै कुरा भए पनि हो मा हो मिलाएँ ।
टिनका बारमा छिर्ने दुईटा ढोकाथ्यो । हामीलाई देख्ने वितिक्कै सानो ढोका तिर बसेको केटो करायो ।
‘स्पेशल हो ?’
‘हो दाइ ।’
‘कता ड्रेसकल तिर त ?’
‘कता त दाइ ?’
‘यताबाट ।’ उसले हाम्रो अनुहार नहेरी मामाको छोराको हातको टिकट च्यात्यो । आधा भुँईमा फाल्यो । आधा हामीलाई दियो । हातको टर्चले भित्र छिर्न भन्यो ।
बाहिर त उज्यालोथ्यो । भित्र पुरै अध्यारो । आँखा केही देखिदैन । अघि तिरबाट उज्यालो आको छ । मामाको छोराका हात समाउँदै खुट्टा नउचाली हिडेको छु । झ्याइ झ्याइ । हल्ला छ । सानो स्वरको कुरै नसुनिने ।
‘लु बसौ सम्धी ।’
‘’कता ?
‘त्यही बस्नु न ।’
आदेशको पालाना भो । ज्या मान्छे माथि पो बसेछु ।
‘आँखा देख्दैनस् । मान्छे माथी बसेको ।’ थिचिने मान्छे करायो ।
‘हजुर नदेखेर ।’
‘बढि बोल्छस् । फिल्म चले पछि आउँछ । मान्छे माथि बस्छ । लातले दिन्छु ।’
‘नदेखेर दाइ ।’ झिनो स्वरले स्पष्टिकरण दिएँ । काकाको छोरा दाइले भन्ने गुन्डा त यो हलमा पनि रैछ । आफु हिरो परिएन नत्र ।
‘लु सम्धी यही हो फिल्म हेर्ने पर्दा । हिरो हिरोनी नाच्ने ठाउँ ।’ मामाको छोराले भन्यो ।

हेर्छु । आँखा अघि सेतो पर्दा छ । फल्याक फिलिक गरेको छ । राम्रो केही देखिदैन । मान्छे जस्तो देखिन्छ । फिलिक्क फिलिक्क । रंगीचंगी । भर्खर आएर होला । स्वर पनि प्रष्ट सुनिदैन । त्यो पनि भर्खर आएर होला । पछाडी तिरका मान्छे बेला बेला हाँस्छन् । छेउछाउका मान्छे त्यस पछि हाँस्छन् । आफुले केही कुरा बुझे मर्दिनु ? पछिका मान्छे फेरी ताली बजाउँदै चिच्याउँछन् । मेरा छेउछाउका मान्छे पनि चिच्याउँछन् । हुँदा हुँदा मामाको छोरा पनि त्यसै गर्छ । एक पटक होइन दुई पटक होइन । आफूले केही बुझे पो ।
झ्या झ्या झ्या । झ्या झ्या झ्या । पछि बसेकाहरु तालि बजाउनथाले । अघि झै आफु छेउछाउ बस्नेले पनि बजाए । आफुले गीत त हो भन्ने बुझियो कुन गीत हो पटक्कै छुट्टिदैन । एक्लै ताली नबजाउँदा फेरी पहिलो पटक फिल्म हलमा आएको थाहा पाए भने ।
पहिले छिरे भन्दा अहिले मान्छे देखिन्छन् । आँखा अलि देख्ने भइयो । हेरेको मामाको छोरो पनि तालमा ताली बजाउँदैछ । लु सम्धीले त बजायो । म पनि बजाउँनु पर्यो । आ जे पर्यो । झ्या झ्या झ्याको तालमा ठोकियो ताली ।
समय बित्दै गयो । मेरो ध्यान हिरो हिरोनी तिर होइन । आफु भन्दा पछि बसेका मान्छे कति खेर हाँस्छन् । कति खेर ताली बजाउँछन् । भन्ने तिर छ । उनीहरु जे गर्छन । म त्यसै गर्छु ।
बल्ल हलमा बति बल्यो । हल्ला कम भो ।

‘सम्धी फिल्म सकियो । जाउँ ।’
‘ला कति छिटो त ।’ मैले भनेँ ।
मनमनै लाग्यो । आजको फिल्ममा हिरो थिएन । हिरोनी थिएन । गुन्डा पनि थिएन कि ? अब काकाको छोरालाई अर्को पटक भेट्दा फिल्म हेरेका कुरा सुनाउनु छ । तर के सुनाउने ? न उसले भने जस्तो हिरो, हिरोइन न लभ । डुवायो सम्धीले । खाली झ्या झ्या ।

••••

पछि थाहा भो । हाइभिजन हल रैछ । साउन्डसिम्टम ठीक नभएर केही नबुझ्ने भाको रैछ । चरिकोटबाट सुरु भाका फिल्म हेर्ने काम सकिएको छैन । यो छुसकमा आउनु है सँगै फोडीमा फिल्म हेरौला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...