बुसान अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको सहभागिता
फोनिज कोरिया संवादाता
बुसान
बुसानले आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको पनि सहभािगता रहेको छ । यही सेप्टेम्बर ९ तारिखबाट शुरु भएको मेलामा नेपालको प्रतिनिधित्व गर्दै सउल स्थित नेपाली राजदूताबासको सहयोगमा स्टल राखीएको छ ।
मेलामा नेपालको कला संस्कृतीको पहिचान र पर्यटकीय स्थानको प्रचार प्रसार गरिनुका साथै भगवान गौतम बुद्धको जन्म स्थानको जानकारी गराएको छ । साथै स्टलमा भ्रमण गर्न आउनेहरुले नेपालमा गत वर्ष गएको भूकम्पले गरेको विनासप्रति राख्ने कोरियनहरुको जिज्ञाशालाई मेटाउदै पर्यटनमा कुनै प्रभाव नपरेको बारे सूचना दिने गरेको दूताबासका लेखा सहचारी रमेश गैरे बताए ।
मेलामा सहभागि हुन नेपालबाट नेपाल टुरिजम बोर्डका बरिष्ठ अधिकृत सुमान घिमिरेको आएका छन् र साथै कार्यवाहक राजदूत किरण शाक्य र लेखा सहचारी रमेश गैरेको सहभागिता रहेको छ । साथै मेलामा सहभागि नेपाली रेष्टुरेन्टले नेपाली खानाको प्रकार पस्केका छन् ।