कोरियामा दुतावासले राष्ट्रिय दिवस मनाउने
फोनिज कोरिया संवादादता
सउल
दक्षिण कोरियामा नेपाली राजदुतावासले आगामी आइतबार राष्ट्रिय दिवस मनाउने भएका छन् ।
असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसकोरुपमा मनाउने सिलसिलामा कोरियामा पनि सो दिवस मनाउन लागेको दुतावासले जनाएको छ ।
असोज ३ तगे अर्थात सेप्टेम्बर १९ तारिख पर्ने भएपनि कोरियामा समयनुकुल बनउन एक दिन अघि नै गर्न लागेको हो । सोही उपलक्ष्यमा दूताबासले कोरियामा रहेको सर्जकहरुलाई कविता आवहान गरी छनौट परेका कविताहरु बाचन गरी पुरस्कृत गरिने छ । गत वर्षहरुमा जेठ १५ मा राष्ट्रिय दिवस मनाउदै आएकोमा यसपाली देखि नयाँ संविधानले व्यवस्था गरे अनुसार असोज ३ गते राष्ट्रिय दिवस मनाउन लागेको हो ।