कोरियामा स्याङ्जालीको अधिवेशन सेप्टेम्बर १६ मा
नेत्र पौडेल ,
दक्षिण कोरिया
‘स्याङ्जाली एकता उपकारी मन, सद्भभाव संगै बिताउ प्रदेशी जीवन’ भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाको नवौं साधारणसभा तथा अधिबेशन आगमी सेप्टेम्बर १६ मा हुने भएको छ।
कार्यक्रम दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा हुदैछ। कोरियामा रहेका सक्रिय र पुराना सामाजिक संस्थाहरु मध्येको एक स्याङ्जा परिवार दक्षिण कोरियाले दुख सुख ,आरोह अबरोहको सामाना गर्दै करिब दुई दशक लामो इतिहास बनाइ सकेको छ। हरेक स्याङ्जालीहरुको अभिभावकको भूमिका निभाउदै हरेकको सुखदुखको साहारा बन्दै आएको कुरा सर्वविदित नै छ ।
साथै समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै उठेको रकमबाट समग्र स्याङ्जा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रको बिकासमा सेवा पुर्याउदै आएको छ भने काम छोडेर बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै हाम्रो स्याङ्जा घर (सेल्टरू) संचालन गरिरहेको छ।
संस्थासंग सम्बन्ध राख्ने सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई सदस्यता लिन तथा सदस्यता नविकरण गरेर सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष धर्म गुरुङले अनुरोध गर्नुभएको छ।
साथै सबैको साथ र सहयोगले स्याङ्जा परिवारको नवौँ साधारणसभा सबल, उत्कृष्ट तथा क्षमतावान नेतृत्वको चयन गर्दै सम्पन्न हुने आशा राख्दै कोरियामा कृयासिल संघ संस्था का प्रतिनिधि , बुद्धिजीवी , ब्यापारी , विद्यार्थी , पत्रकार लगायत सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ।
कार्यक्रम हुने
मिति – २०१६ सेप्टेम्बर १६ तारिख शुक्रबार ९
छुसक पर्वको तेस्रो दिन
स्थान – नेपाल हाउस
समय – ११ . ४५ बजे