विदेशीले गाए नेपाली गीत
न्युयोर्क, अमेरिका
तीन जना अमेरिकनहरुले नेपाली गीत गाएर न्युयोर्क ज्याक्सन हाईटमा उपस्थित नेपाली समुदायलाई चकित मात्रै पारेनन् , वाहवाही लिए अनि तालीको गटगटाहट पनि गुन्जाए । उनीहरु हुन, अालन, पाउल र जेम्स । नेपाली ढाका टोपीमा ठाँटिएर सिमसिमे पानीमा, रेसम फिरिरी जस्ता प्रख्यात गीत उनीहरुले सुनाए । बाँसुरी, सारङ्गी र गीटार बजाउँदै गीत सुनाउँदा उपस्थित धेरै नेपालीले स्वारमा स्वार मिलाएर उनीहरुलाई साथ दिएका थिए ।
न्युयोर्क स्थित सामाजिक संस्था सिन्धु – युयसए वेलफेयर सोसाईटीले स्थापना देखि हालसम्म गतिबिधिहरुको अपडेट्स गर्ने कार्यक्रममा गत अाईतबार साँझ स्थानिय शेर्पा किदुगको हलमा न्युयोर्क निवासी तीन अमेरिकनले सौर्य शक्ति उपयोग बारे सिकाउँन नेपाल घुम्दाको अनुभव सुनाउँदै गीतहरु सुनाएका थिए ।
सिन्धु – युयसए वेलफेयर सोसाईटी सन् २०१० मा स्थापना गरिएको न्युयोर्कमा दर्ता रहेको सामाजिक संस्था हो । मुलतः सिन्धुपाल्चोक जिल्लामा शिक्षा र स्वास्थ्यमा स्तर बृध्दिको लागि सहयोग गर्ने यो संस्थाले अावश्यक्ता र अवस्थानुसार अन्य ठाउँमा पनि सहयोग गरेको अध्यक्ष वंशलाल तामाङले बताए । सन् २०१२ मा अमेरिकामा स्यान्डी नामक अाँधी हुरीले जनजीवन तहसनहस बनाउँदा अमेरिकन रेडक्रस सोसाईटी मार्फत पैतिस् सय डलर सहयोग गरेर मानवीय संवेदना साटेका संस्थाले नेपालको सिन्धुपाल्चोक स्थित जुरेमा गएको पहिरोले क्षति बनाएका माम्खा स्थित बनसाँघु माध्यमिक बिध्यालय निर्माण गरी हालै स्थानिय समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
यसका साथै गत भुकम्पले विपदमा पारेका परिवारलाई राहत सहयोग उपलब्धता एवं १४ बालबालिकाको शिक्षाको लागि अार्थिक सहयोग गर्दै अाएको उनले बताए । अमेरिका स्थित नेपाली समुदायको विशेष सहयोगले यो सम्भावना बनाएको उनले खुलाए । संस्थाले सहयोग संकलनको लागि हरेक बर्ष सिन्धु साँझ नामक कार्यक्रम गर्नका साथै बेला बेला फन्ड राईजिङ कार्यक्रम गर्नको अलवा अन्य संघसंस्थाहरुसँग हातेमालो गर्ने गरेको अध्यक्ष तामाङले जानकारी दिए । कार्यक्रममा युवा सदस्य सिध्दार्थ मोक्तान तामाङले सँस्था स्थापना देखि हालसम्मको गतिबिधीहरु समेटेको प्रेजेन्टेशन गरे भने महासचिव साङ दोर्जे शेर्पाले कार्यक्रम सँचालन गरेका थिए ।
सिन्धु सोसाईटीले गर्ने सामाजिक गतिबिधीमा थप टेवा पुगोस् भन्ने उध्देश्यले अाफुहरुले सिकेका नेपाली गीतहरु सुनाउँदा मन पराएकोमा उत्साहित हुँदै अालन, पाउल र जेम्सले नेपालबाट धेरै सिकेका बताए । सिन्धु सोसाईटी जस्ता संस्था मार्फत नेपाललाई अझै थप सहयोग गर्दै जाने प्रतिबध्दता पनि उनीहरुले राखे ।