गुनसान नेपाली कपको शिल्ड नेपाल जापान एफ सिले चुमे
फोनिज कोरिया संवादाता
सउल
दक्षिण कोरियामा सबैभन्दा बढी राशीको पुरस्कार भएको गुनसान नेपाली कप २०१६ को शिल्ड नेपाल जापान एफसीले चुम्न सफल भएको छ । २२ टिम भिडेको यस फूटबल टुनामेन्टमा मेची महाकाली युनाइटेड एफसीलाई ० को विरुद्ध २ गोलले जितेर ३० लाख वन हात पारेका छन् । साथै शिल्ड सहित प्रत्येक खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनलमा पुगेर पनि दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकाली युनाइटेडले भने १५ लाख राशीको पुरस्कार, मेडल र प्रमाणपत्र थापेका थिए ।
त्यस्तै नेपाल जापान एफ सीका खेलाडी रितन श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका छन भने मोक्फो चौतारी एफसीका रुविन गुरुइ०ले चार गोल गरी उच्च गोलकर्ता बनेका छन् । उनीहरुलाई क्रमशः ७० हजार राशी पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । झापा एफसी र ख्वाइ०जु एफसी सेमी फाइनलसम्म पुगेका थिए । सहभागी टिम धेरै भएपनि तीन खेल मैदानमा खेलिएको थियो ।
झल्लाबुक्दो गुन्सान नेपाली समाजले ओसिक्दो माइग्रेन्ट सेन्टरसंग मिलेर फूटबल प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा नेपाल जापान एफसीका खेलाडी भूपू नेपाल रािष्ट्रय खेलाडी सन्तोष साउखल र विशन गौचनलाई सम्मान गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई नेपाल फूटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुइ०ले विजेताहरुलाई शिल्ड तथा पुरस्कार वितरण गरेका थिए ।
खेल तोकिएकै समय र सौहार्दपूर्णरुपमा सम्पन्न भएको दर्शकहरुले बताएका छन् । साथै खेलाडी तथा दर्शकलाई दुई टाइम नै निशुल्क खानाको समेत व्यवस्था आयोजकले गरेका थिए ।