Advertisement
SKIP THIS

छुसक र दशैको तुलना , आज छुसकको मुख्य दिन


सउल

कोरियानहरुको एक मुख्य पर्व छुसकको आज (विहिबार सेप्टेम्बर १५) मुख्य दिन हो । हिजोदेखि नै सार्वजनिक विदा दिएकाले मानिसहरु प्राय गाउमा परिवार तथा आफन्त भेट्न गइसकेका छन् । कोही आज जादै छन् । शहरका बजार सडक प्राय सुनसान भइसकेको छ । बालबालिका , बृद्धा बृद्धा सबैजना घरमा भेला भएर परिवारसंग खानपिन गर्दै रमाइरहेका हुन्छन् । धेरैदिन पछिको आफन्तसंगको भेटघाटमा भलाकुसारी त छदै छ । विशेष गरी बाल बालिका र महिलाहरु परम्परागत पहिरण हान्बोक लगाएर रमाउने गर्छन् ।

छुसकलाई कोरियन भाषामा हान्गावी, छुइ०छुझल पनि भनिन्छ । लुनार पत्र अनुसार चन्द्रमा पूर्ण भएको बेला यो पर्व मनउने गर्छन् । त्यसैले पूर्ण भएको जुनलाई हेरेर प्राथना गरे चिताएको पुरा हुने जनविश्वास पनि छ । यस पर्वमा  कोरियन भाषामा सोइ०फयाइ० अथार्त हातले बनाउने खानेकुरा  चामलको मिठोबाट बनाउने विभिन्न थरीका तक यो पर्वको विषेशता हो ।

यो पर्वको अर्को विषेशता प्राकृतीसंग सम्बन्धीत छ । वर्षा मौसममा लगाएको अन्न बाली पाकेपछि घर भित्राउने बेला हो । त्यसैले पाकेको नयाँ अन्न बाँलीबाट विभिन्न परिकार बनाएर पृतीलाई चढाउने गरिन्छ । हामीले बनाएको अन्नबाली यस्तो बन्यो भन्ने जानकारी गराउदै पितृलाई प्राथना गर्ने चलन यो पर्वमा देखिन्छ । हाम्रो दशै पर्वमा पनि विषेश गरी प्राकृतीपुजक समुदायले नयाँ अन्नबालीलाई प्राकृती र पितृलाई चडाउने प्रचनल रहेको छ ।

कोरियामा छुसकलाई एक मुख्य पर्वको रुपमा लिएर लगातार ३ दिन सार्वजनिकविदा दिने गर्छन् । यसपाली पनि छुसक विदा लगतै शनिबार र आइतबार परेकोले पाँच दिन विदा परेको छ । यस पर्वमा छुसक शुरु हुनुभन्दा अघिदेखि नै पितृ समाधिस्थलमा पुगेर झारहरु काटेर सफा गर्ने गर्छन । समाधिस्थल पितृलाई फुल चडाउदै विभिन्न फलफूल , रक्सी र खाना चडाएर पितृ पुजा गर्ने गर्छन् । दशैमा पनि पितृलाई सम्झेर शराद्ध गर्नको लागि १६ शराद्ध तिथी मिती नै तोकिदिएको हुन्छ ।

दशैमा हिन्दु धर्म अनुसार दुर्गावेदीको पुजा गरिने र अनेक शक्ति पिठहरुको पुजा गरिने गर्छन । धार्मिक परम्परा अनुसार हतियार , सवारी साधन, यन्त्रलगात सम्पूर्ण मानिसले प्रयोग गर्ने सामग्रीको पनि पुजा गर्ने गरिन्छ । तर राक्षस र देवताको वीचको धार्मिक कथा अनुसार देवताहरुको  विजयीलाई दशमीको रुपमा चामलको टिका लगाउने र ठूलाबाट अर्शिवाद लिने प्रचलन छ । छुसकमा पनि रमाइलोको लागि  परम्परागत खेल खेल्ने गरिन्छ भने दशैमा पिगं खेलेर रमाउने गर्छन ।तर छुसकमा त्यस्तो खासै गरिदैन । त्यसैले छुसक र दशैलाई तुलना गर्दा केही चलन मिले पनि केही फरक पनि पाउछौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...