कोरियामा रहेका नेपालीहरुलाई डा. बाबुराम भट्टराईको आग्रह
फोनिज कोरिया संवाददाता
सउल
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कोरियामा रहेका नेपालीहरुलाई विकासको चेतना र स्रोतको पुञ्जी लिएर नेपाल र्फकन आग्रह गरेका छन् । अन्र्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् ।
डा. भट्टराईले कोरियामा रहेका नेपाली कामदारहरु श्रमिक हैन विकासदूत भएकोले धन र शिप मात्रै हैन चेतनाको विकास गर्न आग्रह गरे । ४० वर्ष अघि हाम्रै हाराहारीमा रहेको कोरिया अहिले यस्तो विकास मूलक देश बनेकोमा तुलनात्मक अध्यन गर्दै कोरियको विकास र समृद्धीको प्रत्याक्ष पाठ सिक्ने अवसरको सदुपयोग गर्न आग्रह गरे । देश समृद्ध बनाउन धन मात्र हैन दिमागमा परिवर्तन आउन आवश्यक छ भन्दै भोली नेपाललाई समृद्ध बनाउन कोरियाबाट धन संगै चेतना लिएर आए त्यो नै ठूलो पुञ्जी , क्षमता र लगानी हुने बताए ।
डा. भटट्राईले नयाँ शक्ति सत्तामा पुगेपछि शासन व्यवस्थामा आमुल परिवतर्न गरी देशमा २ अंकको आर्थिक विद्धी दर गर्ने योजना रहेको स्पष्ट पार्दै हाल विदेशबाट भित्रिने लगानीलाई सानो पुञ्जीबाट निजी उद्योग खोल्दै आर्थिक विकास गर्न सकिने बताए । कोरियाबाट नगर र गाउँ स्थरमा विकासका काम गर्न सकिने सम्भावना देखाउदै केन्द्र स्तरमा १० मेघावडको विद्युत परियोजना र गाउँ स्तरमा आ आफ्नो प्रदेशमा साना साना परियोजनाहरु बनाएर आर्थिक विकासको शुरुवात गर्न सकिने सुझाव दिए ।
डा. भट्टराईले कोरियामा पनि राष्ट्रपति पार्क चुइ०ले १८ वर्ष लगातार शाशन गरेको बारे अन्य टिप्पणी यहाँ नगरौ तर देश विकास गर्न सहयोग पुगेको उदाहरण दिदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपनाएर राजनीतिक स्थिरता गर्न सके मात्र देशको आर्थिक विकास हुन सक्ने बताए । कोरियाको विकास मोडललाई हुबहु उतार्न नसकेपनि सम्भावनालाई लिन सकिन्छ ।
कोरियामा पनि कहिले चिन त कहिले जापानबाट उपनिवेश बनेकोबेला , उतर र दक्षिण कोरियावीचको द्धान्द , मे १८ जस्ता अधिकारका आन्दोलनमा सबैभन्दा बढी मान्छेको मृत्यु भएको इतिहास छ ।
देशलाई स्वतन्त्र बनाउन र व्यवसथापन परिवर्तन गर्न लाखौले ज्यान दिएका छन त्यसैको जगमा देश विकास भएको छ भन्दै डां भट्टराईले हाम्रो पनि पटक पटकको आन्दोलनका शहिदहरुकै कारण देश विकासको लागि व्यवस्थापन परिवर्तन भइसकेको छ अब आर्थिक विकास गरी अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नयाँ शक्तिका प्रवास प्रदेश प्रमुख नवराज सुवेदीले राजनीतिक स्वतन्त्रता प्रारम्भ भइसकेको छ त्यसैले मरेको बाघको जुंगा समाएर हुदैन भन्दै पार्टी भनेको साधक र हतियार हो अन्त हैन भन्ने धारण रखे । कार्यक्रममा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य र अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजकले पनि आप्mनो धारणा राखेका थिए ।
कार्यक्रममा १ सय १८ जनाले पार्टी प्रवेश गरेका थिए ।