Advertisement
SKIP THIS

प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फको तयारी पुरा


छाङवन, प्रतेक वर्ष कोरीयामा गरिने प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को सम्पुर्ण तयारी पुरा भएको छ । ख्यङनाम अन्तर्गत रहेको छाङवन शहरको योङजी साँस्कृतिक पार्कमा यही सेप्टेम्वर ३० देखी अक्टोवर २ सम्म हुने भएको हो । कोरीयाको सबैभन्दा ठुलो प्रवासीहरुको यो बहुसाँस्कृतिक मेला माम्फ आयोजक कमिटीको आयोजना र ख्यङनाम माइग्रेन्ट सेन्टरको ब्यबस्थापनमा हुनेगर्दछ ।
१५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष-भुसा,कला, संस्कृति, गित-संगीत र खानाका परीकारहरुका बिभिन्न रङहरुले सजिनेछ। यो महामेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक मध्येका एक, किम्हे माइग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले वताउनु भएको छ । माम्फ आयोजक कमिटीमा विभिन्न क्षेत्रका ५ जना ब्यक्तिहरु सदस्य रहने प्रचलन छ । यस बहुसाँस्कृतिक मेलामा नेपाले पनी प्रतेक बर्ष सहभागी जनाइरहेको छ।
यसपटकको नेपालको सहभागीता अर्थात तयारी धेरै राम्रो भएको बुझीएको छ । कोरीया स्थित नेपाली राजदुतवासको सहभागीतामा यो बहुसाँस्कृतिक मेलाको प्रतिस्प्रधामा सहभागी नेपालका हरेक कार्यक्रमहरुमा “वुद्ध नेपालमा जन्मेका थिए, “Buddha wsa born in Nepal ” भन्ने शिर्षक र नाराहरु रहनेछन। नेपाल र वुद्धको सम्बन्ध देखाउँदै नेपालको परिचय आकर्षक तरीकाले गराइने भएको छ । त्यस्तै गरेर नेपालबाट आउनुहुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिबको समुहले मकवानपुर क्षेत्र लगायत समग्र नेपालको संस्कृति ,पर्यटन, हस्तकला, चित्रकला, साथै विभिन्न औद्योगिक सामाग्रीहरुको प्रदर्शनी पनी गरिने भएको छ ।
नेपालीहरुको लागी कार्यक्रमको मुख्य आकर्षक चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको दम्दार प्रस्तुती रहने भएको छ । तीन दिन सम्म हुने उक्त कार्यक्रमको अन्तिम दिन गायन प्रतियोगीता, बिभिन्न देशका सँस्कृती झल्काउने किसीमका झाँकी, परेड आदीको प्रतिस्प्रधा हुने भएको छ। ५० लाख वन प्रथम पुरस्कार भएको उक्त परेड तथा झाँकी प्रदेशनीमा नेपाली पोशाक दौरासुरुवाल, ढाका-टोपी, गुन्यु-चोली, नेपालको झन्डा अंकित टि-सर्ट, लगाएर साथै विशेष गरेर नेपाली किराँत समुदायको साकेला नृत्य, नेपाली मगर समुदायको प्रस्तुती त्यस्तै दम्दार रहने वताइएको छ ।
यसै कार्यक्रममा अन्य विदेशी लगायत नेपाली खानाका परीकारहरुको स्वाद पनी लिन पाइने भएको छ । नेपालबाट आउने अतिथीको ब्यबस्थापन साथै कार्यक्रम प्रचार-प्रसारको जिम्मा समाजसेवी रमेश उप्रेतीले गर्नु भएको छ भने नेपालीहरुको सम्पुर्ण कार्क्रमको संयोजन अर्का समाजसेवी हरी थपलीयाले लिनुभएको छ। नेपालीहरुको तर्फबाट तयारी राम्रो भएको र सम्पुर्ण नेपालीहरुलाइ नेपालको कुनै न कुनै चिनारी सहित सहभागी भइदिन कार्यक्रम संयोजक थपलीयाले अनुरोध समेत गर्नु भएको छ ।
किम्हे,बुसान,गजे, याङसान,थेगु,उल्सान,मासान, हामान, जिन्जु, थेजन लगातका शहरहरु वरपर रहेका सबै नेपालीहरुलाइ कार्यक्रम स्थल सम्म जान सजिलो होस भनेर निःशुल्क बसको ब्यबस्था समेत गरिएको । ३० जना भन्दा बढी नेपालीहरु भएको जुनसुकै ठाउँमा बसको ब्यबस्था गर्न सकिने पनी बुझीएको छ । परदेशी भुमीमा हुने यस्तो विशाल वहुसाँस्कृतीक मेलामा नेपाल र नेपालीको परीचय दिन, नेपाली कला, सँस्कृती, संगीत र नेपाली शैलीलाइ चिनाउन, प्रतिस्प्रधी मध्येको पहिलो स्थानको नेपाल भनेर जानकारी गराउन सबै नेपालीहरु अनिवार्य उपस्थित हुनुपर्ने देखीन्छ । यो कार्यक्रम सभ्य बनोस, भब्य रहोस, नेपालको स्थान सधैं अग्रस्थानमा रहोस हामी सबैको कामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...