शेर्पा किदूक दक्षिण कोरियाको नाम र लोगो परिवर्तन


फोनिज कोरिया सम्वादाता

सउल

कोरियामा रहेका शेर्पा समुदायको सामूहिक संस्था शेर्पा किदूक दक्षिण कोरियाको नाम परिवर्तन गरीएको छ । शेर्पा सघं दक्षिण कोरिया नाम रहने गरी लोगो पनि परिवर्तन गरिएको संघले जनाएको छ ।

गत महिना मात्र निर्वाचित नव कार्यसमितिको पहिलो बैठकमा संस्थाको नाम समय सापेक्ष नभएको भन्ने गुनासोमा व्यापक छलफल गरी परिवर्तन गरिएको हो । गत सेप्टेम्बर २५ तारिख फेन्तेक स्थित स्वयम्भू रेष्टुरेन्टमा बसेको बैठकले निषकर्श निकाल्न नसकेपछि थप २ दिन अनलाइन मार्फत छलफल गरेपछे सर्वसहमतिमा सो निर्णय गरिएको संघले जनाएको छ ।

कोरियामा बढ्दो आत्माहत्या प्रति संस्थाले गहिरो चासो र दुख व्यक्त गर्दै अन्य संघ संस्थासंग मिलेर मानसिक तनावको न्यूनिकरण गर्न पहल गर्ने भएका छन् । शेर्पा संघ नेपालबाट पाल्नु भएका प्रशिद बौद्ध गुरु खेन्पो साङगे राङजुंग  ज्यू बाट कोरियाको फाजु स्थित हुंग फुप्शा गुम्बामा अक्टोबर १६ तारिख बौद्ध धार्मिक प्रबचन , दिर्घाआयु पूजा (छेवांग ) र स्वदेश तथा विदेशमा बिभिन्न दुट्घटनामा परी ज्यान गुमाएकाहरूको आत्मा शान्तिको पूजा आयोजना गर्ने भएको छ।

उक्त पूजामा कोरियामा रहेका सम्पुर्ण नेपाली दाजू भाई तथा दीदी बहिनीहरुले सहभागिता जनाइ दिनुहुन आग्रह गर्दछौ । पुजामा जान दोइ०देमुनको गेट नं. ३ बाट विहान ९ बजे निशुल्क बस को बेबस्था गरिएको आयोजकले जनाएको छ ।


भाग्यशाली चिट्ठा कार्यक्रम गरिने

त्यस्तै संघले संस्था र समाजको हितको लागि आपतकालीन राहात कोष स्थापनार्थ यही जनवरी १ तारिक भाग्यशाली बम्पर उपहार चिट्ठा कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार ५ तोन सुन १ जनालाई, दोस्रो पुरस्कार ३ तोन सुन एक जनालाई, तेस्रो पुरस्कार २ तोन सुन एक जनालाई र चौथो तथा सान्तवना पुरस्कार ५० हजार वन दर ले ५ जानालाई दिने घोषणा गरिएक छ । टिकटको मूल्य १० हजार वन रहको छ ।
संघद्वारा आयोजना गर्ने जून सुकै कार्यक्रम सफल बनाउन कोरियामा रहेका नेपालीहरूको महवपूर्ण भीमिका रहने भएकोले सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थित भई दिनको लागि संघले आवाहन समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...