कोरियामा फेरी एक नेपालीले झुण्डीएर आत्महत्या गरे
फोनिज कोरिया संवाददाता
सोल-रोजगारी गर्न कोरिया आएका एक नेपालीले कम्पनीको मेशिनमा झुण्डिएर आत्महत्या गरेका छन् | बागलुङ बिहुँका तेजराज कंडेलले शुक्रबार राती आफ्नै कम्पनीको मेशिनमा झुण्डीएर आत्महत्या गरेका हुन् |
ख्यङनाम वोइरोङ मा रहेको कंक्रिट कम्पनीमा कार्यरत कंडेलले आत्महत्या गर्नुको कारण थाहा भएको छैन | ९ महिनाअघि कोरिया आएका कंडेलको आत्महत्याबारे परिवारलाई त्यहाँ कार्यरत अरु ३ नेपालीले जानकारी दिएका छन् |अहिले घटनास्थलमा प्रहरीले मुचुल्का उठाईरहेको छ |
संगै काम गर्ने कंचनपुरका लोकराज भट्टका अनुसार कंडेलले म्याथमा डिग्री गरेर प्लस टु पढाउन्दापढाउन्दै कोरिया आएका थिए |उनको ढेड बर्षको छोरा रहेको बुझिएको छ |
घटनाको बिबरण औपचारिक जानकारी आइ नसकेको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङले बताए |
५ दिन अघि मात्र कास्कीका रामहरी बरालले आत्महत्या गरेका थिए |