ईपिएस मजदुरको लागि आयो एप्स
निश्चल काउचा
सोल – प्रवासी मजदुरहरुको हक हितको लागि लड्दै आएको संस्था केसिटीयुले ईपिएस मजदुरको लागि एप्स लन्च गरेको छ | ” माईग्रेन्ट वर्कर्स राईट्स” नाम रहेको एप्स प्ले स्टोर र आई ट्युनमा गएर डाउनलोड गर्न सकिन्छ |
एप्समा तलब र न्युनतम ज्याला . थेजिकगुम , औधोगिक दुर्घटना , कम्पनीमा कुटपिट , महिला यौन दुर्ब्यबहार , ईपिएस सम्बन्धि नियम लगायत अन्य जानकारीहरु उपलब्ध छन् | प्रवासी मजदुरहरुलाई समस्या परेमा कहाँ र कसरी सम्पर्क गर्ने सकिन्छ भनेर पनि जानकारी गराईएको छ | भाषा अप्सनमा नेपाली सेलेक्ट गरेर नेपाली भाषामा चलाउन सकिन्छ |