एनआरएनले लाप्राकमा बनाउन लागेको मोडल हाउसको प्रमद्धारा उद्घाटन
फोनिज कोरिया संवाददाता
सउल
गोर्खा जिल्लाको लाप्राक गाविस गुन्सी पाखामा गैस आवासिय नेपाली संघ (एनआरएन) ले निमार्ण गर्न लागेको नमुना बस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । अक्टोबर ५ तारिख एनआरएन दिवसको अवसर पारेर सो लाप्राक नमुना बस्तीको उद्घाटन गरिएको एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसिसी) सदस्य विनोद कुवरले जानकारी दिनुभयो ।
एनआरएनले एक हजार घर निमार्ण गरिदिने भने पनि अहिले ४ सय ४४ घर बनाउने भएका छन् । अहिले निमार्ण शुरु गरेर एक वर्ष भित्र सक्काउने एनआरएनले जनाएको छ । गत वर्ष गएको भूकम्पको केन्द्र विन्दु रहेको गोरखाको लाप्राक गाउँका सबै घर भत्केका थिए । एनआरएनका अध्यक्ष शेष घलले सोही ठाउँमा १ हजार नमूना घर एकिकृत बस्ती बनाउने घोषणा गर्नुभएको थियो । जसको लागि आवश्यक खर्च ३५ करोड रुपिया लाग्ने अनुमान गरिएको छ । घर निमार्णको लागि सरकारबाट एनआरएनले अनुमति लिइसकेका जनाइएको छ ।