“किन आउँछ यो दशैं “
कविता,
कसैको दशा बनेर।
अनि जान्छ यो दशैं
कसैलाई आँशुको
उपहार छोडेर।
गरिबलाई पीडा दिएर।
छोडी जान्छ यो दशैं
अन्नको भकारी रिट्टो पारेर।
गरिबको बेदना
गरिबको चित्कार
कसले पो सुन्छर!
शत्रु जति सबै
नाश होस् भनेर।
तर विडम्बना
पशु पो नाश भए
बली भएर।
रगत र पसिनाले
साटेको त्यो चामल
टाँसिन्छ निधारमा
टीका भनेर।
ऋणले चलेको यो दशैं
ऋण तिर्न नसके
बढ्छन अरू
शत्रु बनेर।
त्यसैले,
किन आउँछ यो दशैं
कतिलाई दशा बनेर!